बुद्धमाया विश्वकर्माको काठमाण्डौंमा आईसियुमा राखेर उपचार हुदै

live@khabar

अमृत कुमार महतो

महोत्तरी , बर्दिवास
साउन २ गते
पानी छोएको निहुँमा कुटिएकी बर्दिबास—४ भब्सीकी दलित महिला बुद्धमायालाई अदालतले न्याय दिएपनि समाजिक बहिकरणमा परेपछी दलित महिला बुद्धमायाले असार २७ गते बिष सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिइन् ।
शनिबार बर्दिबासबाट थप उपचारको लागि ग्रिन सिटि हस्पिटल बसुन्धारा काठमाण्डौंमा भर्ना भएकी उनलाई आईसियुमा राखेर उपचार चलिरहेको छ । ‘बुद्धमायको स्वास्थ्य अवस्थामा एकदमै राम्रो सुधार भयो,’ हस्पिटलका प्रमुख लोकबहादुर टण्डनले भने,‘गम्भिर जस्तै रहेकी उनलाई हामीले आईसियुमा राखेर उपचार गरिहेका छौं ।’
ग्रिन सिटि हस्पिटलले बुद्धमायाको उपचार निःशुल्क गरिरहेको छ । पानी छोएको निहुँमा कुटिएकी बुद्धमायालाई समाजले बहिस्कार गरेको सुन्दा आफुलाई दुःख लागेको बताउँदै हस्पिटल संचालक टण्डनले भने,‘उनको आर्थिक अवस्था कमजोर छ । त्यसैले बुद्धमायाको जीवन रक्षाको लागी निःशुल्क उपचारको व्यवस्था गरिएको छ । ’
यता बुद्धमायालाई समाजमा पुर्नस्थापनाका लागी पहल थालिएको छ । समाजका सचेत नागरिकहरु उनलाई गाउँमै सम्मानित जीवन जीउने माहौल तयार गर्न जुटका छन् । बुद्धमायालाई दवाव दिनेहरुको खोजि गरिरहेका छौं,’स्थानीय दुर्गाबहादुर कार्कीले भने,‘बुद्धमायाले समाजमा न्याय नपाएको नराम्रो महसुस भइरहेका छ ।’
समाज जीउँदाको जन्ती र मर्दाको मलामी हो भन्ने यथार्थलाई गुम्न नदिने भन्दै बुद्धमायालाई समाजमा बस्ने वातावरण बनाउने उनका छिमेकी रुद्रबहादुर पौड्यालले जनाए । समाजबाट बहिकृत भए जस्तै महसुस गरेकी बुद्धमायालाई हेच्याउने कुरा हुनुहुदैंन, स्थानीय सुजता लामगादेले भनिन्,‘उनलाई समाजले पहिले भन्दा अब बढी मया ममता दिनुपर्छ । समाजले सधैंको लागी छुवाछुतको व्यवहार अन्त्य गर्ने बताए । ‘जात सानो ठूलो हुदैंन । सबैले सबैलाई सम्मान गर्नु पर्छ,’ राजनितिकर्मी सोमबहादुर कार्कीले भने,‘मर्दा पर्दा सबैलाई समाज चाहिन्छ ।
बर्दिबास नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष दलबहादुर कार्कीले ग्रामिण भेगमा समाजिक विकृति विसंगती विरुद्धमा जनचेतना मुलक अभियानको खाँचो रहेको बताए ।‘बुद्धमायाको पुर्नस्थापनाको लागी वातावरण बनाउछु,’उनले भने,‘मलाई सरकारले दिने सेवा सुविधा कटौति गरेर उनलाई सम्मानित जीवन बाँच्न सहयोग गर्छु ।’
पानी छोएको भन्दै बुद्धमाया र उनकी छोरी मनीषामाथि दुव्र्यवहार तथा कुटपिट गर्नेलाई जिल्ला अदालत महोत्तरीले असार २४ गते ६ महिनासम्म कैद, जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सुनाएपछि सामाजिक बहिष्करणका कारण उनले आत्महत्याको कोसिस गरेको थिइन् ।
पानी छोएको निहुँमा वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भन्जा रामबाबु दाहालले बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरेका थिए । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिम को र दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरी र रामबाबु दाहाललाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले १० हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिसहित जेल सजायको फैसला असार २४ गते सुनाएको थियो ।
कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना सजाय तोकिएको छ भने दाहाललाई ३ महिना कैद सजाय सुनाइएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz