आजदेखि जिल्लाका यी कार्यालय खारेज

live@khabar

संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् ।

संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो ।

सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । आजको नयाँ पत्रिकामा यो खबर रहेको छ ।

खारेज भएका कार्यालय

-जिल्ला शिक्षा कार्यालय

– जिल्ला जनस्वास्थ्य कार्यालय

– जिल्ला कृषि विकास कार्यालय

– जिल्ला पशुसेवा कार्यालय

-जिल्ला प्राविधिक कार्यालय

– जिल्ला वन कार्यालय

-जिल्ला बाल कल्याण समिति

– शान्ति समिति

-जिल्ला सहकारी कार्यालय

-भू–संरक्षण कार्यालय

-घरेलु तथा साना उद्योग

– महिला तथा बालबालिका कार्यालय

– जिल्ला वन कार्यालय

– जिल्ला अस्पताल

– जिल्ला सिँचाइ कार्यालय

-जिल्ला खानेपानी कार्यालय

– सहरी विकास डिभिजन कार्यालय

-जिल्ला खेलकुद विकास समिति

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz