वुहानबाट ल्याइएका सबै सुरक्षित

live@khabar

७ फागुन, काठमाडौं । चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।

उनीहरुलाई आइतबार बिहान काठमाडौं ल्याइएको थियो । र, स्वास्थ्य जाँच गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz