सिलिन्डर विस्पाेट हुदा ४ जना घाइते ।।

Rajesh Kushwaha

नागेन्द्र यादव

रामगाेपालपुर/असाेज २५ गते ।

साेनमा गाउँपालिकामा ग्यस सिलिणडर विस्फाेट हुदा ४ जना घाइते भएका छन ।

शुक्रबार साेनमा गाउँपालिका वाडा नम्बर ८ सिहासनिमा गाउँपालिकाले अायाेजना गरेकाे शुभकामना तथा चियापान कार्यक्रममा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवसमेत सहभागी रहेकाे साे कार्यक्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् ।

सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर सिलिण्डर बिस्फोट भएको हो ।
महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउदै गरेका चार जना घाइते भएको साे विदयालयकाे प्रधान अध्यापक: सराेज कुमार यादवले जनाएको हो ।

शुक्रबार दिउँसो सोनमा गाउपालिकाको–८ स्थित श्री रारामावि सुकचैनामा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ । सोनमा गाउँपालिका–८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेश कुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घाइतेहरुको उपचार जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । ग्यास चुल्हा बिग्रिएर घटना भएको प्रत्यक्षदर्शीहरुले बताएको हो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz