नेपाल लोकस्टारमा खै त बराबर को प्रतिस्पर्धा ?

live@khabar

lok star nepalको लागि तस्बिर परिणाम

चन्दन साह , नेपाल लोकस्टार नाम सुन्दा लाग्छ जस्तो मधेश , पहाड हिमाल सबैलाई समेटेको एक रियालिटी शो जसमा सबैको आफ्नो आफ्नो मौलीक लोकभाका , लोकगीतमा प्रस्तुती गराई प्रतिस्पर्धा भइरहेकोहोला ।तर वास्तविक के हो भने यो पनि एउटा अरु जस्तै सिङगीङ रियालिटी शो हो जसमा एक मात्र भाषा मा प्रतिस्पर्धा नेपाली भाषा र एकमात्र समुदायको लोकगीत नेपाली लोक गीतहरु बिच मात्र प्रतिस्पर्धा हुदैछ । हैन भने किन मधेशको अनगीनत लोकगीतहरु जसको आफ्नो पहिचान छ, जसको आफ्नो भाका छ, जसमा सब भन्दा धेरै मिठास छ त्यस लाई एक चोटि पनि प्रतिस्पर्धा मा ल्याएनन ? एक चोटि पनि मधेशको लोकगीतहरुलाई सबै प्रतियोगीहरुले किन गाएनन् ?

लोक गीत त सब को आ-आफ्नो छन नी । मधेशको बेग्लै छन , पहाडको बेग्लै र हिमालको पनि बेग्लै छन तर जहिले पनि लोकगीतहरु लाई अगाडि बढाउने कुरा गर्ने तर त्यसमा नेपाली भाषाको लोकगीत बाहेक अरु केही नपर्ने यो भन्दा विडम्बना अरु के हुन सक्छ र ?

यस सिङगीङ रियालिटी शो मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एक मात्र प्रतियोगी रविराज साह छन । जहिले पनि साह लाई बिहिवारको एपीसोडमा नेपाली लोकभाका लाई नै प्रतिस्पर्धा गर्नका लागि दिनेगरेको छन । यहाँ सम्मकी कहिले पुर्वेली गीत को पालो त कहिले अाधुनीक गीतको पालो भनेर उनलाइ मैथली र भोजपुरी गीत गाउन बाट पनी बञ्चित गरीदिन्छन । तर पनि उनले बिना हिचकिचाई कहिलै नसुनेको लोकगीत र कहिलै नजानेको भाका लाई राम्ररी न्याय दीएर बेजोड प्रदर्शन गरीरहेको हामी सबै लाई अवगत नै छ ।

प्रतिस्पर्धा भनेको सबको बराबर हुनुपर्ने हो एउटालाई सजिलो र अर्कोलाई गार्‍हो कहिलै हुने दिने हैन । नेपाली भाषाको लोक गीत मधेशका गायकहरु लाई गाउन गार्‍हो हुन्छ भने पहाडका गायक हरु लाई त्यतीनै गार्‍हो भोजपुरी र मैथली लोक गीत गाउन लाई हुन्छ । तर यहाँ के देखिन्छ भने रविराज लाई जहिले पनि अरुको अर्थात नेपाली भाषाको लोक गीत हरु दिने गरेको देखीन्छ तर अरु प्रतियोगीहरु लाई कहिलै मधेशको भोजपुरी र मैथली लोकगीतहरु दिने गरेको देखीदैन यसले के स्पष्ट हुन्छ कि प्रतिस्पर्धा निष्पक्ष र सबैको संस्कृत ,लोकगीतलाई सम्मान भएको देखिदैन ।

एउटा मधेशको युवा यसैबारे के भन्दै थियो भने “जसरी रविराजले अरुको नेपाली लोकगीत लाई जति न्याय गरेर गाईराखेको छ त्यती हिम्मत छ भने गैर भोजपुरी र मैथली भाषी ले मधेशको लोकगीत गाएर त देखाउन अनि मात्र उसलाई रविराज संग प्रतिस्पर्धा को लायक छ भनेर मान्थे तर लोकस्टारमा भाषा उसकै , भाका उसकै अनि कसरी यो सबैलाई बराबर प्रतिस्पर्धा हो भन्नू , कसरी यो सबै लाई जोडने कार्यक्रम हो भनेर भन्नू , यसको नाम परिवर्तन गरेर अरु नै राख्दा हुन्छ ” ।

ravi raj shahको लागि तस्बिर परिणाम

पहिलो पल्ट नै होला नेपालको कुनैपनी रियालिटी शो मा मधेशबाट टप ९ सम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्दै गरेको रविराज साह । तर यसमा पनि एक स्रोत बाट आएको खबर जसमा रविराज लाई शो बाट अाउट गर्न ठुलै चलखेल हुदैछ भनेर सुन्दा मधेशको युवा जो रविराजलाई जिताउन दिनरात लागेका छन उनिहरुमा निराशा छाएको छ । अझ शो को शुटिङको दिन त रविराजको समर्थकहरु लाई दुर्ववहार गरेको खबरले त देशविदेशका युवाहरु एकदम अाक्रोशित छन। उनीहरुले रविराज लाई जबर्जस्ती शो बाट निकाल्न खोजिरहेको आरोप समेत लगाएका छन ।

ravi raj shahको लागि तस्बिर परिणाम

यस पटक पनी लोकस्टार ले अरु रियालिटी शो जस्तै मधेशलाई जोडन सकिराखेको छैन । सायद मधेशका युवाहरु मा फेरी पनि आफ्नोपन को अभाष दिलाउन लोकस्टारले सकेका छैनन । यस शो को अबको यात्रा पनी यदि यस्तै रहयो भने मधेशको युवा भोलि फेरि नेपालको कुनै पनि शो मा आउलान भनेर भन्न सकिँदैन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz