समाजवादी पार्टीले लगाइयो प्रदेश २ मा जिल्ला इन्चार्जको टुंगो

live@khabar

जनकपुरधाम । जनकपुरमा समाजवादी पार्टीको मधेस प्रदेश समितिले प्रदेश २ का आठै जिल्लाको इन्चार्ज तोकेका छन् । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शनिबार बसेको प्रदेश कमिटीको बैठकबाट इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो ।

बैठकबाट पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः सिंहासन साह, रामबाबु यादव, व्रिजकुमार यादव, राजेश सिंह, सरोज सिंह कुशवाहा, रामअशिष यादव, बादल यादव र सत्यनारायण यादवलाई इन्चार्ज तोकेको छ । महोत्तरीको इन्चार्ज ताकिएका कुशवाहा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री छन् भने धनुषाको इन्चार्ज तोकिएका यादव सांसद हुन् । यस्तै बाराको सह इन्चार्जमा उषा यादव, रौतहटको सह इन्चार्जमा वीरेन्द्र यादव, सर्लाहीको सह इन्चार्जमा पञ्चराम लो. तामाङ, महोत्तरीको सह इन्चार्जमा रमेश यादव, सिरहाको सह इन्चार्जमा मनोज सिंह र सप्तरीको सह इन्चार्जमा रामाकान्त चौधरीलाई चयन गरिएको छ। पर्सा र धनुषाका सहइन्चार्ज भने तोक्न सकेनन् । नाम बैठकमा पेस गरिए पनि विवाद भएपछि पछि टुंगो लगाउने सहमति बनेको एक पदाधिकारीले बताए। बैठकबाट प्रदेशस्तरमा विभिन्न ११ विभागसमेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

पार्टी स्कूल तथा प्रशिक्षण विभागमा रामपृत पासवान, स्थानीय तह विभागमा सुशिल कुमार यादव, कार्यालय व्यवस्थापन समितिमा उर्मिला साह, संगठन विभागमा शम्भु झा, प्रचारप्रसार तथा प्रकाशन विभागमा दिनेश यादव र युवा तथा विद्यार्थी विभागमा ज्ञानेन्द्र यादवलाई तोकेको छ । यस्तै, कृषि तथा सहकारी विभागमा रामकैलास यादव, आर्थिक विभागमा रेणु यादव, महिला विभागमा उषा यादव, समाजिक सेवा विभागमा रामअशिष यादव र ट्रेड युनियन विभागमा ओमबाबु गुप्ता प्रमुख भएका छन् ।

यस्तै, बैठकले लक्ष्मी महतो (महोत्तरी, चन्देश्वर महतो (धनुषा), रामनरेश यादव (महोत्तरी), अशोक कुमार यादव (सर्लाही), अब्दुल कलाम फुलबाबु (रौतहट) र मोजेबुल रहमान (महोत्तरी)लाई प्रदेश कमिटीमा मनोनित गरेको छ । बैठकमा प्रदेश अध्यक्ष विजयकुमार यादवले समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गरे उनले गुट उपगुटमा नअल्मिन सबै पदाधिकारीसँग आग्रह गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले संगठन विस्तारमा जुट्न निर्देशन दिएका छन् । उनले राष्ट्रिय जनता पार्टीसँग एकता र संघीय सरकारबाट हट्ने विषयमा केही नबोलेको प्रदेश कमिटी सदस्य दिपेश यादवले जानकारी दिए ।
सभार : थाहा खबर

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz