महोत्तरीमा डकैती, लाखौंकाे सम्पत्ति लुटपाट ।।

live@khabar

राजेश सिंह

महाेत्तरी/भदौ १४ गते ।

महोत्तरीमा लाखौंको सम्पत्ति लुटपाट गरेको छ । मनरा सिसवा नगरपालिका ३ सोनौलमा अज्ञात समूहले दुई जनाको घरबाट लाखौंको सम्पत्ति लुट्पाट गरेका हाे । डाँकाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

शुक्रबार मध्य रातमा करिब १०/११ जनाको समुहमा अाएका डाकाहरुले परिवारलाई नियन्त्रणमा लिएर लुटपाट गरेको पीडितले जनाएका छन् । डाँका समूहले सुरुमा रामलोचन राउतको घरमा प्रवेश गरी लुटपाट गरेका थिए । प्रतिकारमा उत्रेका घरमूली राउतमाथी डाकाले बन्चोर प्रहार गरी बायाँ खुट्टामा काटेको छ ।

त्यसैगरी छिमेकी सियाराम शरण राउतको घरमा प्रवेश गरी लुटपाट गरेका थिए । घटनाबारे जानकारी पाएपछि गाउलेहरु प्रतिकारमा उत्रेपछि डाँका समूह धनमाल लिएर भागेको स्थानीयहरुले बताए । स्थानीय देवेन्द्र यादवका अनुसार १५/२० मिनेटभित्रै समूह लुटपाट गरेर भागी सकेका थिए ।

डाकाहरुले २ लाख ५० हजार नगद, ६ तोला सुन र ६० तोला चाँदीका गहनालगायत १० लाखभन्दा बढीको धनमाल लुटेको दुबै पीडितले जनाएका छन् । स्थानियका अनुसार इटहरवाकट्टी र बलवा चौकीबाट राती प्रहरी घटनास्थल पुग्दा डाँकाहरु भागिसकेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz