नेपाललाई ७–० ले हराउँदै भारत च्याम्पियन

live@khabar

साफ यू १५ फुटबल प्रतियोगिताको उपाधि भारतलाई, नेपाल उपविजेता

साफ यू १५ फुटबल प्रतियोगिताको उपाधि खेल भारतले उचालेको छ। फाइनल खेलमा नेपालविरुद्ध शानदार जित निकाल्दै भारतले उपाधि उचालेको हो।

शनिबार कल्याणीमा भएको फाइनल खेलमा आयोजक भारतले नेपाललाई ७-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोलसहित सात गोल खाएर नेपाल उपविजेता बनेको छ।

भारतको तर्फबाट सिद्धार्थले दुई गोल गरे भने महेसन सिंह, अमन दिप, शिवजित सिंह, हिमांशु जंग्रा र टाइसन सिंहले एक/एक गोल गरे।

नेपाल लिग चरणको पहिलो खेलमा पनि भारतसँग ५–० गोलले पराजित भएको थियो । फाइनलमा नेपालको प्रदर्शन झनै कमजोर बन्यो ।

च्याम्पियनसिपमा नेपाल र भारतसँगै बंगलादेश, श्रीलंका र भुटानले भाग लिएका थिए । लिग चरणको दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० र तेस्रो खेलमा साबिक विजेता बंगलादेशलाई ४–१ गोलले हराएको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz