महाेत्तरीमा हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सुरु ।।

live@khabar

राजेश सिंह

गाैशाला/भदौ ७ गते ।

महाेत्तरीकाे गाैशालामा हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण शुभाराम्भ गरेको छ । शनिबार गाैशाला नगरपालिका १० थापाटाेल भन्दा करिब एक किलोमिटर उत्तरतर्फ मरहा खाेलामा रहेको १० हेक्टर जमिनमा वृक्षारोपण काम सुरु गरेको हाे ।

उक्त कार्यक्रममा बाेल्दै प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मानजीवनलाई रक्षा गर्नका लागि चुरे जोगाउन अति आवश्यक रहेको धारणा राखेका छन । जसका लागि वृक्षारोपण गर्नुको साथै नदी उत्खन्नमा रोक लगाउनुपर्नेमा राज्यमन्त्री शर्माले जोड दिनुभयो । एक अर्को प्रसगमा मन्त्री शर्माले जल, वन र जंगललाई प्रदेशको अधिनमा ल्याउनका लागि प्रदेश सरकारले आफनो लडाई जारी राखेकोेले संघीय सरकारले अधिकार दिएमात्र सरकारको समृद्धि नेपालको सपना सकार हुने तर्क राखेका छन ।

कार्यक्रमकाबीच गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले वर्षेणी खाेलाले यहाँका हजारौं बिग्हा जमिन कटान गर्दै आएकोले यहाँको खोलामा तटबन्धन गर्नका लागि प्रदेश सरकारसमक्ष आग्रह गरेका छन ।

यसैगरी महाेत्तरीकै बर्दिवास नगरपालिका १३ बिजलपुरामा पनि शनिवार हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण शुभाराम्भ गरेको छ । आठ वटै प्रदेमा शनिबारदेखि नै वृक्षारोपण कार्यक्रम सुरु गरेको मन्त्री शर्माले बताउनुभयो ।

जिल्लामा २० हेक्टर क्षेत्रफलमा ३२ हजार थान विरुवा लगाईने योजना रहेको डिभिजन वन कार्यालय महाेत्तरीका प्रमुख हेमन्त कुमार साहले बताएका छन । विरुवाहरु टिक, खैर, टाकिया, मसाला, सिसाे, अमला जातका विरुवाहरु लगाउने याेजना रहेको प्रमुख शाहले बताए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz