महोत्तरीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला ।।

live@khabar

राजेश सिंह

गाैशाला/भदौ ६ गते ।

महोत्तरीको औरहीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । अाैरहीमा जंघा खाेलाको छेउमा अन्दाजी ४५/५० बर्षिय पुरुषको शव फेला परेको हाे ।

घटना स्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारण मृत्यु हुन सक्ने ईलाका प्रहरी गाैशालाले जनाएको छ । मृतक पुरुषकाे शरीर दुब्लो पातलो रहेको तथा निलो रङ्गको हाफपैन्ट लगाएको र शव पहिचान हुन नसकेको प्रहरीले जनाउनु भयो ।

घटना स्थलबाट प्रहरी १ जोरा चप्पल, १ थान मदिराको बाेतल, १ थान मिनरल वाटर तथा केहीमात्रामा दालमोठ भेटाएको प्रहरीले बताउनुभयो ।

शवलाई पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz