नेपाल कुशवाहा कल्याण समाजको २८ औं स्थापना दिवस तथा लवकुश पुजन २०७६ सम्पन्न

live@khabar

राज सिंहानिया/राम बाबु महतो

नेपाल कुशवाहा कल्याण समाजको २८ औं स्थापना दिवस तथा लवकुश पुजन २०७६ को शुभ अवसरमा नेपाल कुशवाहा कल्याण समाज उपत्यका कार्य समितिद्वारा नेपाल प्रज्ञा प्रतिस्ठान कमलादिमा हजारौं कुशवंशीहरुको बिचमा लवकुश जयन्ती समपन्न गरेका छन ।प्रत्येक वर्ष जनै पुर्णिामा तथा रक्षा बन्धन का दिन कुशवाहा समुदाय भब्य सभ्य तरिकाबाट पुजा गर्दै कार्यक्रममा रक्षा बन्धन कार्यक्रम ज्येष्ठ नागरिक, SEE र +2 का विद्यार्थी हरुलाई सम्मान कार्यक्रम एवम् ख्याति प्राप्त समाजसेवी हरुलाई सम्मान गर्दै आईरहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि एवम समाजको राष्ट्रिय उपाध्यक्ष श्री परमानन्द मेहता जि ले सम्पुर्ण कुशवाहाहरु आफ्नो व्यक्तिगत हठ र स्वार्थ त्यागी एक भई समाज कल्याण को कार्य मा जुट्न आग्रह गर्नुभयो साथै कुशवाहा समाजमा का एक धरोहर मानिने कुशवाहा वचत तथा ऋण सहकारी संस्था मा आवद्ध हुन जोड दिनु भयो। केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थ का निम्ति छुट्टै ब्यानरमा छुट्टै ठाउँ मा लवकुश जयन्ती मनाई समाजलाई टुक्रीएको अवस्थामा देखाउने तथा समाजमा भ्रम फैलाउने कार्य गर्ने व्यक्तिहरु नेपाल कुशवाहा कल्याण समाज र कुशवाहा सहकारी संस्था मा बस्ने कुनै नैतिक अधिकार नरहेको र यसबारे छिट्टै नै केन्द्रिय कार्य समितिले निर्णय लिनेछन ।

कार्यक्रममा विशिष्ट अतिथी एवम् नेपाल कुशवाहा कल्याण समाज का पुर्व राष्ट्रिय अध्यक्ष श्री डा. कृपाराम मेहता ज्यु ले भनाई अनुसार समाजमा कार्यकाल सकिए पछि अधिवेशन हुन्छ नयाँ कार्यसमिति को लागि त्यसमा सहमती मा लिन जान्नु पर्यो कि दिन सक्नु पर्यो हैन भने त्यसपछी को विकल्प चुनाव हो र चुनाव पनि जित्न सक्नु पर्यो । चुनाव पनि जित्न नसक्ने अनि जित्ने कार्य समिति र चुनाव गराईदिने केन्द्रिय कार्य समिती दोषी भन्न मिल्छ ? यो बचपना हो । अहिले भएको झगडा हैन केही निश्चित व्यक्तिहरुको व्यक्तिगत हठ र स्वार्थ ले निम्त्याएको रगडा हो । त्यही भएर यो टुङ्गिन अलिक समय लाग्छ ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि एवम् नेपाल कुशवाहा कल्याण समाजको भातृ संगठन #कुशवाहा_बुद्धिजीवी_सेवा_समाज (KISS Nepal) अध्यक्ष श्री देब नारायण महतो ज्यु को भनाई अनुसार अहिले को ललिन्द्र महतो ज्यु को नेतृत्वमा बनेको उपत्यका कार्य समिति उपत्यका मा रहेका सम्पुर्ण कुशवाहा समुदायहरु ले चुनाव मा भोट दिई जिताएको कार्य समिती हो जसलाई केन्द्रिय कार्य समितिले पनि प्रमाणपत्र दिई अनुमोदन गरिसकेको आधिकारिक कार्य समिति हो । साथै समाजको तर्फ बाट उपत्यका मा लवकुश पुजा तथा समाजको स्थापना दिवस मनाउने यो नै आधिकारिक कमिटी हो ।

कार्यक्रममा कार्यक्रम का सभापति एवम् उपत्यका कार्य समितिका अध्यक्ष श्री ललिन्द्र महतो ज्युले बोल्दै भन्नुभयो कि यथार्थ र परिस्थितिलाई नबुझ्नेहरु समाजका बाधक हुन सक्छन । झिना मसिना वाहियात कुराहरू बाट वा कुनै पनि बहाना मा समाजलाई पछाडी धकेल्नु हुदैन । हामी व्यक्तिगत स्वार्थ बाट माथी उठौ, उपत्यका कार्य समितिले सबैलाई मान सम्मान गरिरहनेछ । हामी सबै सचेत होऔ । व्यक्तिगत फाईदा तथा स्वार्थका लागि ड्राइभ गर्नेहरुबाट समाजलाई दुर्घटना हुनबाट बचाउने जिम्मेवारी अब हाम्रो काध मा आएको छ । विगतमा हामी ५/६ टुक्रामा फुटेका थियौ आखिर हामी फेरि एक भयौ यो इतिहासले देखाएक्क कुरा हो । फेरि हाम्रा साथीहरू बाटो नबिराउन । बाटो बिराउनेहरु फेरि यहीँ आउने बाहेक अर्को कुनै बिकल्प छैन। यो ध्रुव सत्य हो । सबै मिलि एकजुट होऔ यथार्थ लाई सम्मान गरौं । जस्ता कुरा हरु भन्नू भयो । साथै वहाँ ले समाजका लागि एमुबुलेन्स तथा उपत्यकामा जग्गा खरिद गरि लवकुश धाम कुशवाहा धर्मशालाको कार्य लाई अगाडि बढाऔ यसैमा सबै कुशवाहाको कल्याण हुनेछ जस्ता कुराहरु राख्नु भयो ।

#सम्मान कार्यक्रम ताम्रपत्र द्वरा सम्मानित

१. श्री तपेश्वर महतो (राष्ट्रिय अध्यक्ष) तथा केन्द्रिय कार्य समिती

२. श्री राज कुमार सिंह (कुशवाहा वचत तथा ऋण सहकारी संस्था लि.)

३. श्री पवन मेहता ( सल्लाहकार-“उपत्यका कार्य समिती”)

४. श्री शिव कुमार महतो ( सल्लाहकार-“उपत्यका कार्य समिती”)

५. डा. नागेन्द्र महतो ( सल्लाहकार-“उपत्यका कार्य समिती”)

#राम शरण जयबती महतो कुशवाहा ज्येष्ठ नागरिक सम्मान

१. विन्द्र मति मेहता,

२. प्रेम सुन्दरी देवी, ३. लक्ष्मी प्रसाद कोइरी,

४. बासुदेव महतो कोईरी ,

५. राजमती देवी ,

६. सुरज देवी कुशवाहा

#विद्यार्थीहरु सम्मानित +2 विद्यार्थी प्रथम छात्र 

ओम प्रकाश सिंह (GPA=3.695),

प्रथम छात्रा – आस्था सिंह (GPA=3.195)

SEE विद्यार्थीहरु सम्मानित

छात्र तर्फ प्रथम

सुवाष सिंह (GPA=3.9),

द्वितीय- अविनाश कुमार सिंह (GPA=3.85) ,

तृतीय – प्रियान्शु कुशवाहा (GPA=3.7)

छात्रा तर्फ

प्रथम – पुजा कुमारी कुशवाहा (GPA=3.75) र प्रज्ञा सिंह (GPA=3.75),

द्वितीय- अमृता कुशवाहा (GPA=3.65) ,

तृतीय – रागिनी कुशवाहा (GPA=3.6)

#सान्त्वना पुरस्कार / प्रसंशा पत्र

१. सुभेक्षा सिंह ,

२. सुजल सिंह,

३. अदिती कुशवाहा,

४. अदित कुशवाहा,

५. नितिश प्रसाद कुशवाहा ,

६. राम रतन प्रसाद कुशवाहा,

७. पंकज कुमार महतो ,

८. रोशन कुमार सिंह,

९. नवीन सिंह ,

१०. अनिल कुमार महतो ,

११. अमित कुमार महतो ,

१२. श्रेया कुशवाहा ,

१३. खुश्बु महतो ,

१४. ज्योति कुमारी,

१५. सुजित कुमार सिंह,

१६. राधेश्याम कुमार कुशवाहा ,

१७. सरोज कुमार कुशवाहा,

८. साजन कुशवाहा

१९. ममता कुमारी सिंह महतो,

२०. मन्जित बाबू सिंह महतो ,

२१. सोहन मेहता ,

२२. प्रिन्स कुशवाहा,

२३. चन्चला कुमारी ,

२४. नीता सिंह ,

२५.मोनिका कुमारी कुमारी कुशवाहा ,

२६. अमलेश कुमार कुशवाहा

हरेक वर्ष झै लवकुश पुजा, स्थापना दिवस, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र सहभोज भैइ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz