महाेत्तरीकाे गाैशालाबाट श्रेष्ठकी हत्यामा संलग्न दुई जना पक्राउ ।।

live@khabar

राजेश सिंह

महाेत्तरी/साउन २७ गते ।

महाेत्तरीकाे गाैशालाबाट श्रेष्ठकी हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका-८ निवासी राजकिशोर गिरी र साेही नगरपालिका-२ निवासी दशै ठाकुर रहेका छन् ।

मृतक श्रेष्ठले प्रयाेग गरेकाे मोबाइल गिरीको घरबाट फेला परेकाे र त्यसकै आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशाेर आचार्यले जानकारी ददिएका छन् । गौशाला बजारमा संचालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई रातिको समयमा उनकै घरमा चक्कु प्रहार गरि हत्या गरिएकाे थियाे ।

सोमबार बिहान ईलाका प्रहरी कार्यालय गौशालाले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको हो । गत असार ५ गते रातिको समयमा गौशाला नगरपालिका १० की अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पनि उहाँले बताउनुभयाे ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz