अक्षय कुमारको ‘हाउसफुल ४’ बलिउडकै सबैभन्दा मंहगो कमेडी फिल्म ,छन् यी ११ स्टारहरु

live@khabar

बलिउडको सुपरहिट कमेडी सिरिज हाउसफुलले बक्स अफिसमा लगातार राम्रो ब्यापार गरेको थियो । अहिले ३ फिल्मपछि ‘हाउसफुल ४’ पनि ठुलो पर्दामा कमाल गर्नको लागी तयार हुदैछ । बताए अनुसार फिल्म यो वर्ष सिनेमाघरमा रिलिज हुनेछ । फिल्ममा बलिउडको स्टार कलाकारहरु पनि देखिदैछन् । त्यसैले यस फिल्ममा बजेट धेरै लागेकाले यो फिल्म बलिउड कै सबैभन्दा महंगो कमेडी फिल्म भएको छ ।

फिल्म निर्माता साजिद नाडियाडवालाले बताए अनुसार आफुले फिल्म बनाउनको लागी कुनै कसुर बाकी नराखेको ,जसले सिरिजकै एकदमै राम्रो कमेडी फिल्म बनेको बताए । एक रिपोर्ट अनुसार हाउसफुल एक मल्टी स्टार फिल्म हो । जसमा अक्षय कुमार , रितेश देशमुख, बबी देवोल, कृति सेनन, कृति खरबंदा , पुजा हेगडे, चंकी पाडें, राणा दग्गुबाती , अमांदा रोसारियो , बोमन ईरानी र नवाजुद्धित सिद्धी लगायतका कलाकारले अभिनय गरेका छन् ।मल्टीस्टार भएकाले फिल्ममा धेरै खर्च लागेको हो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz