दक्षिण कोरियाकी एक ६ वर्षीया बालिकाले एक वर्षमा ५५ करोड कमाएर सबैलाई चकित पारेकी छन्। बोरम नाम गरेकी ती बालिकाले दुईवटा युट्युब च्यानल चलाउँछिन्। युट्युब च्यानलबाट उनले ५५ करोड भन्दा बढी कमाएर युट्युब स्टार बनेकी छन्। उनी टोय रिभ्यु र भिडियो ब्लग नामका दुईवटा ब्लग चलाउँदै आएकी छन्। टोय रिभ्यु च्यानलको १३।६ मिलियन र भिडियो ब्लगको १७।६ मिलियन सस्क्राइबर छन्।
सीएनएनको रिपोर्टअनुसार बोरम आफ्नो युट्युब च्यानलबाट एक वर्षमा ५५ करोडभन्दा रुपैयाँ कमाउने गर्छिन्।उनले हालसालै दक्षिणी कोरियाको राजधानी सियोलमा ५५ करोड रुपैयाँमा ५ वटा भवन खरिद गरेकी छन्।
सियोलको मुख्य सहरको बजार क्षेत्रमा ५ वटा भवन खरिद गरेकी हुन्। द कोरिया हेराल्डका अनुसार बोरमले आफ्ना अभिभावकका लागि उक्त भवन खरिद गरेकी हुन्। बोरमको युट्युब च्यानल भने उनको परिवारले चलाउँदै आएको छ।
बोरमले बनाएको एउटा भिडियो ३७६ मिलियन मानिसले हेरेका छन्। उक्त भिडियोमा बोरम प्लाष्टिकको प्रयोग गरी नुडल्स बनाउँदै गरेकी देखिन्छिन्। तर बोरमको युट्युब च्यानल भने पटक पटक विवादमा आउने गरेको छ।खासमा च्यानलमा अपलोड गरिएका विषयवस्तुबारे उनी विवादमा आउने गरेकी हुन्। एजेन्सी
Leave a Reply
Be the First to Comment!