महाेत्तरीमा विभिन्न ठाउँहरुबाट मदिरा बनाउने कच्चापदार्थहरु लगाएत तयारी मदिरा नियन्त्रणमा लिई नष्ट ।।

live@khabar

राजेश सिंह

गाैशाला/साउन ६ गते ।

महाेत्तरीमा विभिन्न ठाउँहरुबाट मदिरा बनाउने कच्चापदार्थहरु लगाएत तयारी मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गाैशालाले साेनमा गाउँपालिका वडा नं. १ मरहा खाेलाकाे किनारबाट तीन सय लिटर कच्चापदार्थ र पचास लिटर तयारी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ भने मदिरा बनाउने प्रयोग गर्ने भाडाकुडा, ड्रम लगाएत विभिन्न सामाग्रीहरु समेत नियन्त्रणमा लिई नष्ट गरेको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक किशोर अाचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय रामगोपालपुरले विभिन्न ठाउँबाट मदिरा बनाउने कच्चापदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ । रामगोपालपुर नगरपालिका वडा नं. ६, विषहमरपुरबाट पचास लिटर कच्चापदार्थ, रामगोपालपुर नगरपालिका वडा नं. ९ भवानीगंजबाट साेह्र सय लिटर र अाैरही नगरपालिका वडा नं. ९ अगलेशराबाट चार सय लिटर नियन्त्रणमा लिएर नष्ट गरेको छ भने मदिरा बनाउने तीनवटा मेशिन र एकतीसवटा टिनको ड्रम समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रमुख: त्रिभुवन शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz