महाेत्तरीमा लाखौंको लुटपाट, लुटपाट गर्ने एक जना पक्राउ ।।

live@khabar

लाईभ ईखबर समाचारदाता
महाेत्तरी/असार १९ गते ।

महाेत्तरीमा लाखौंको लुटपाट, लुटपाट गर्ने एक जना पक्राउ परेको छ । बर्दिवास नगरपलिका ६ र ७ प्रेमनगरमा डाकाहरुले लाखौंको धनमाल लुटेर लगेका छन् ।

बुधबार राति झण्डै १० जनाभन्दा बढीको संख्यामा आएका डाकाहरुले गाँउलेहरुमाथी आक्रमण गर्दै सुनचाँदी, नगद, जिन्सी गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दिबास नगरपालिका वडा नं. ७ प्रेमनगरका रामसुनर महतो र वडा नं. ६ प्रेमनगरका चन्देश्वर महतोको घरमा डाकाहरुले आक्रमण गरी धनमाल लुटेका ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

गाउँलेहरुले डाकाहरुलाई प्रतिकार समेत गरेको थिए । प्रतिकारको क्रममा एकडाका हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सलार्ही जिल्ला चन्द्रपर नगरपालिका घर भएका वर्ष ४० का देवनरायण कापड रहेका प्रहरीले जनाएको छ । उनलाई गाउँलेहरुले नजिकै रहेको बडहडी खोलाबाट पक्राउ गर्न सफल भएका छन् ।

डाकाको आक्रमणबाट घरधनी चन्देश्वर महतो, उनका श्रीमती जयबती देवी र छोरा वर्ष २७ का उमेश महतो घाइते भएका छन् । तीनै जनाको उपचार बर्दिवास स्थित जनसेवा अस्पतालमा भइरहेको छ । गाउँलेहरुको कुटपीटबाट पक्राउ परेका डाका गम्भीर घाइते भएका छन् ।

डाकाहरु भाग्ने क्रममा नजिकै रहेको बडहडी खोलामा गाउँलेहरुसँग दोहरो भिडन्त समेत भएको थियो । त्यस्तै डाकाहरुले कुटपिट गरी धरधनीलाई समेत घाईते बनाएका छन् । पीडित परिवारका ५ जना घाइते भएका छन् ।

डाकाहरुको प्रतिकार गर्ने क्रममा घाईते भएकामध्ये घरधनी चन्देश्वर महतो र उनकी श्रीमती जेयवती देवी र छोरा वर्ष २७ का उमेश महतोको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz