विश्वकपमा रोहित शर्माको पाँचौं शतक, जारी विश्वकपमा ४ शतक

live@khabar

ईङल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतका रोहित शर्माले एक विश्वकपमा ४ शतक बनाउँदै एउटा विश्वकप प्रतियोगितामा सर्वाधिक शतकको बराबरी गरेका छन्। उनले श्रीलंकाका कुमारा शंगकारासँग बराबरी गरेका हुन्।

शंगकाराले सन् २०१५को विश्वकपमा ४ शतक प्रहार गरेका थिए। रोहित शर्माले जारी विश्वकपमा दक्षिण अफ्रिका, पाकिस्तान, ईङल्याण्ड र बंगलादेश बिरुद्ध शतक बनाउँदै शंगकाराको बराबरी गरेका छन्। उनले सन् २०१५को विश्वकपमा १ शतक बनाएका थिए।

रोहितले सन् २०१५को विश्वकपमा पनि बंगलादेश बिरुद्ध शतक बनाएका थिए। उनले विश्वकपमा कुल ५ शतक बनाएका छन्। रोहितसँगै शंगकारा र अष्ट्रेलियाका रिकी पोन्टिङले पनि विश्वकपमा ५ शतकको किर्तिमान बनाएका छन्। सचिन तेन्दुलकरले विश्वकप क्रिकेटमा ६ शतक बनाएर पहिलो स्थानमा रहेका छन्।

रोहित शर्माले विश्वकपको १५ खेलमा ५ शतक बनाएका छन्। सचिनले ४५ खेलमा ६ शतक बनाएका हुन् भने पोन्टिङले ४६ खेल र शंगकाराले ३७ खेलहरु खेलेर ५ शतक बनाएका हुन्।

रोहितले जारी विश्वकपमा ८ खेलमा ५ सय ४४ रन बनाएका छन्। उनी सबैभन्दा बढि रन बनाउने खेलाडीमा पहिलो स्थानमा रहेका छन्। दोस्रोमा अष्ट्रेलियाका डेविड वार्नर रहेका छन् । उनले ५ सय १६ रन बनाएका छन् भने अष्ट्रेलियाका कप्तान एरोन फिन्च ५ सय ४ रन सहित तेस्रो स्थानमा रहेका छन्।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz