सर्लाहीको लालबन्दीमा ट्रक र बस ठाेक्किदाँ एकको मृत्यु, छ जना घाइते ।।

live@khabar

लाईभ ईखबर समाचारदाता
सर्लाही/असार १७ गते ।
सर्लाहीको लालबन्दीमा ट्रक र बस एक आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मंगलबार बिहान करिब ४ बजे लालबन्दी नगरपालिका १७ फुलजोर पुलस्थित बा ३ ख २०५४ नम्बरको बस र ना ५ ख ७७९५ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका १२ घारीबथानका वर्ष २४ काे माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ अाउदै गरेको ट्रक एक आपसमा ठोक्किँदा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अबरुद्ध भएको राजमार्गलाई प्रहरीले खुलाएको छ ।

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका ११ का रञ्जित ठोकर, त्यहीका प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा १२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे छन् । घाइतेको लालबन्दीका विभिन्न स्पातालमा उपचार भइरहेको प्रहरीले जनाएको छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz