सर्लाहीको घटनामा दाेषीलाई कार्वाहीकाे लागि प्रदेश सरकार गरे ३ सदस्य समिति गठन ।।

live@khabar

राजेश सिंह /राम बाबू महताे

सर्लाही/असार १६ गते ।

सर्लाहीकाे ईश्वरपुर नगरपालिका १३ श्रीनगरमा बालकको मृत्यु भएको घटनामा न्यायको माग गर्दै पुर्व पश्चिम राजमार्गमा बसको सर्वसाधारणमाथि बल प्रयोग गरि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको घटनाको प्रदेश सरकारले छानबिन ३ सदस्य समिति गठन गरेको छ ।

उक्त घटनाको छानबिन गर्न अाईतबार राति आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव अरुणकुमार झाको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गरेको हो । घटनाको सत्य तथ्य पत्ता लगाई यथासिघ्र दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई निर्देशन दिएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सामान्य विवादको क्रममा प्रहरीले गोली चलाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रहरीले चलाएको गोली मृतकको टाउकोमा लागेको भन्दै छानबिन गरी दोषीलाई कार्वाही गर्न समिति समेत गठन गरेको जानकारी दिए । मृतक परिवारलाई क्षतिपुर्ती र घाइतेको उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री यादवको भनाइ छ ।

दाेषीलाई कार्वाहीकाे माग गर्दै पुर्व पश्चिम राजमार्ग अबरुद्ध गरेपछि, अबरुद्ध बाटो खुलाउन प्रहरीले बल प्रयोगगरि गाेली चलाउदा एक जना युवकको ज्यान गयो भने अाधा दर्जनभन्दा बढी घाइते भएको छन । ज्यान जानेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगर घाटटाेल बस्ने दुख्न महताेकाे छाेरा वर्ष २७ काे सराेज महताे (देवन) रहेको छ । शनिबार भएको घटनामा स्थानीय सरकारकाे लापरबाहीकाे कारण बालकको ज्यान गएको भन्दै, छतिपुर्तीकाे माग गर्दै अाएका थिए ।

घटना स्थलमा दुई घण्टासम्म छतिपुर्तीकाे माग गर्दै, शवलाई पाेष्टमार्टम लैजान अवरुद्ध गरेका थिए । सर्लाहीकाे ईश्वरपुर नगरपालिकाकाे प्रमुख र महाेत्तरीकाे गाैशाला नगरपालिकाकाे प्रमुख घटना स्थलमा अाएर खाेलाकाे नियम विपरीत उतखन्न गर्न प्रतिबन्ध लगाएत बालकको छतिपुर्ती माग गरेका थिए । दुई घण्टाभन्दा बढी बसेपनि मेयरहरु नअाएपछि, स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अबरुद्ध गर्न, महाेत्तरी र सर्लाहीकाे सिमामा पर्ने बाँके चाैकमा गएर शवलाई राखेर बाटो अवरुद्ध गरेका थिए ।

अवरुद्ध बाटोलाई खुलाउने क्रममा प्रहरी र स्थानीयबिच झडप हुदा, प्रहरीले गाेलि चलाउदा एक जनाकाे मृत्यु र अाधा दर्जन भन्दाबढी घाइते भएकासँगै अाधा दर्जन प्रहरीपनि घाइते भएका थिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz