‌सर्लाहीकाे बाँके चाैकामा गाेली चल्दा एक जनाको मृत्यु आधा दर्जनभन्दा बढी घाइते ।।

live@khabar

gun fireको लागि तस्बिर परिणाम

राजेश सिंह/राम बाबु महतो

‌सर्लाही, असार १५ गते ।

दाेषीलाई कार्वाहीकाे माग गर्दै पुर्व पश्चिम राजमार्ग अबरुद्ध गरेपछि, अबरुद्ध बाटो खुलाउन प्रहरीले बल प्रयोगगरि गाेली चलाउदा एक जना युवकको ज्यान गयो भने आधा दर्जनभन्दा बढी घाइते भएको छन । ज्यान जानेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगर घाटटाेल बस्ने दुख्न महताेकाे छाेरा २९ वर्षको देबन महताे रहेको छ । शनिबार भएको घटनामा स्थानीय सरकारकाे गल्तीको कारण बालकको ज्यान गएको भन्दै, छतिपुर्तीकाे माग गर्दै आएका थिए । घटना स्थलमा दुई घण्टासम्म छतिपुर्तीकाे माग गर्दै, शवलाई पाेष्टमार्टम लैजान अवरुद्ध गरेका थिए ।

मागमा सर्लाहीकाे ईश्वरपुर नगरपालिकाकाे प्रमुख र महाेत्तरीकाे गाैशाला नगरपालिकाकाे प्रमुख घटना स्थलमा अाएर खाेलाकाे नियम विपरीत उतखन्न गर्न पर्तिबन्द लगाएत बालकको छतिपुर्ती माग गरेका थिए । दुई घण्टाभन्दा बढी बसेपनि मेयरहरु नअाएपछि, स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अबरुद्ध गर्न, महाेत्तरी र सर्लाहीकाे सिमामा पर्ने बाँके चाैकमा गएर शवलाई राखेर बाटो अवरुद्ध गरेका थिए । अवरुद्ध बाटोलाई खुलाउन क्रममा प्रहरी र स्थानीयबिच झडप हुदा, प्रहरीले गाेलि चलाउदा एक जनाकाे मृत्यु र आधा दर्जन भन्दाबढी घाइते भएकासँगै ५ जना प्रहरीपनि घाइते भएका थिए । महाेत्तरी र सर्लाहीको सिमामा पर्ने बाँके खाेलामा पाैडी खेल्न हाम फालेको ११ वर्षे बालककाे बेपत्ता भएको थियोे ।

बेपत्ता हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ घाटटाेल बस्ने लाले यादवको छाेरा वर्ष ११ काे अमित यादव रहेकाे थियो । शनिबार बिहान करिब ११ बजे नुहाउन आएकाे बालक डुब्दा बेलुका ७ बजेसम्म फेला परेको थिएन । क्रसरबलाहरुले नियम विपरीत करिब २०/२५ फिट गहिरो उत्खनन गरिएको खाल्डोमा डुबेको स्थानीय दिपलाल महताेले बताए । स्थानीय सरकारले खासे चासो नदिएकाे स्थानीयहरुले गुनासो गरेका छन् । सर्लाहीकाे नेपाल प्रहरीका SP काे टोलीकाे साथै शस्त्र प्रहरीका टोली घटना स्थलमा आएर उक्त बालकलाई निकाल्ने प्रयास गरेता पनि लास फेला परेका थिएन । आईतबार बिहानैदेखि खाेज तलास गर्दा करिब १० बजे शव फेला परेको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz