लायन्स क्लब क्यापिटल सिटिकाे हस्तान्तरण कार्यक्रम सम्पन्न ।।

live@khabar

काठमाडौं, असार १३

लायन्स क्लब क्यापिटल सिटिकाे पद हस्तान्तरण कार्यक्रम सानेपा स्थित रेडियान्ट स्कुलमा सम्पन्न भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष श्री सुरज काफ्लेकाे अध्यक्षतामा एवम् डिस्टिक गाेभर्नर ३२५ बि २ (२०१९/२०) का अनुप कुमार पहारीकाे प्रमुख अतिथिमा सम्पन्न भएको हाे ।

कार्यक्रममा क्लबकाे चार्टर प्रेसीडेन्ट एवम् पुर्व गाेभर्नर डि.के. ढुंगाना, पुर्व अध्यक्षहरु प्रलाद दहाल, रजत श्रेष्ठका साथै अन्य पदाअधिकारीहरुकाे उपस्थिति थियोे ।

कार्यक्रममा निवर्तमान काफ्लेले वर्तमान अध्यक्ष (२०१९/२०) धना आचार्यलाई पद हस्तान्तरण गरेकाे हाे ।

कार्यक्रममा डिस्टिक काेषाध्यक्ष दिनेश खरेल, प्रमुख सल्लाहकारहरु कुश मल्लि, अमर बहादुर श्रेष्ठ लगाएतकाे बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रममा एरिया नं. १ का १३ क्लबहरुकाे प्रतिनिधिहरु उपस्थितिमा भएको थियोे ।

सम्पूर्ण लायन  लिडरहरुले वर्तमान अध्यक्ष आचार्यलाई बधाई तथा कार्यकालको शुभकामना दिनु भएको थियोे ।

वर्तमान अध्यक्ष  बाल संरक्षण विकास समिति बागलुङकाे अध्यक्ष पनि हुनु हुनथियाे ।

प्रथम उपाध्यक्ष  देवी कला पंगिनी, सचिव जीवन सापकोटा र काेषाध्यक्ष  खगेन्द्र ढुंगाना रहेको छ ।

 

 

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz