महाेत्तरीकाे भंगहा नगरपालिकाले चौथो नगरसभा गरे सुरु ।।

live@khabar

राजेश सिंह

महोत्तरी/असार ९ गते ।

महोत्तरीको भंगहा नगरपालिकाको चौथो नगरसभा सुरु भएको छ । सोमबार नगरपालिकाकाे कार्यालयमा एक कार्यक्रम गरि मेयर संजिवकुमार साहको अध्यक्षतामा नगरसभाको उदघाटन गरिएको हो । नगरसभामा अगामी आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियोे ।

उक्त समारोहमा भंगहा नगरपालिकाकी उप-मेयर गंगादेवी सिंह दनुवार, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लगामे लगाएत नगरका सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्य लगायत जनप्रतिनिधीहरुको सहभागिता थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz