महाेत्तरीमा सडक दुर्घटनामा एक वृद्धकाे मृत्यु ।।

live@khabar


राजेश सिंह
महाेत्तरी/असार ९ गते ।

महाेत्तरीकाे अाैरहीमा सडक दुर्घटनामा एक वृद्धकाे ज्यान गएको छ । औरहीमा नगरपालिका ४ बैरियामा साेमबार बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको हाे । सम्सी गौशाला सडकखण्डअन्तर्गत सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट निजको मृत्यु भएतापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयो ।

पाेष्टमाटमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz