महाेत्तरीमा एक वृद्ध मृत अवस्थामा फेला ।।

live@khabar

महाेत्तरी/असार ६ गते ।

महोत्तरीको गाैशालामा एक वृद्ध मृत अवस्थामा फेला परेको छ । शुक्रवार विहान घरबाट घाँस काटनका लागि निस्किएकी गौशाला नगरपालिका १० की ६२ बर्षिया सैरुल खातुन मृत अवस्थामा भेटिएकी हुन ।

हृदयरोगले पिडित रहेकी खातुनको सोही विरामीले च्यापिदा मृत्यु भएको निजका श्रीमान मुश्लिम शेखले बताएका छन ।

घटनास्थलमा मृतक खातुनको मुखबाट अधिकमात्रामा रगत र फिज निस्किएको निजको सोही विरामीको कारण मृत्यु हुनसक्ने वडा न. १० का वडाअध्यक्ष शेख जलिलले बताएका छन ।

घरबाट गाईवस्तुसहित घाँस काटनका गएकी खातुन बिहान साढे ८ बजेको समयमा खोलामा मृत अवस्थामा फेला परेकी ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक किसाेर अाचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz