समाजवादी पार्टी नेपालले आज निर्वाचन आयोगमा दल दर्ता गराउँदै

live@khabar

काठमाडौं । समाजवादी पार्टी नेपाल दल दर्ता प्रक्रियामा जाने भएको छ । एकिकरण घोषणाको पाँच हप्तापछि आज समाजवादी पार्टीले दल दर्ताको निवेदन निर्वाचन आयोगमा दर्ता गराउने भएको हो ।

दिउसो एक बजे आयोग कार्यालय कान्तिपथमा पुगेर दल दर्ताको निवेदन दर्ता गराउन लागिएको सो दलका नेताले जानकारी दिएका छन् । राजपा लगायतका दलसँग एकताका लागि भएको प्रयास सार्थक नभएपछि समाजवादीले दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।

गत बैशाख २३ गते तात्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएका थिए । पार्टीको झण्डा तय गरेपनि चुनाव चिन्ह भने टुंगो लागेको छैन । फोरम नेपालको मसाल वा नयाँ शक्तिको आँखा के राख्नेमा दुई समूहबीच विवाद छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz