महोत्तरीको तेस्रो गाउँपालिका सम्सि खुला दिशा मुक्त घोषणा ।।

live@khabar

राजेश सिंह

महोत्तरी, जेष्ठ २८ गते

महोत्तरीको तेस्रो गाउँपालिका सम्सि खुला दिशा मुक्त घोषणा भएको छ । मंगलबार बिहान करिब १० बजे एक समारोह बिच समापन गरेको हो । खुला दिशा मुक्त घोषणा कार्यक्रममा प्रमुख अतिथि ( पुर्व मंत्री तथा संघीय सांसद प्रभु शाह बोल्दै सबै जनाको सहयोगले यो गाउँपालिका खुला दिशा मुक्त घोषणा कार्यक्रम सफल भएको बताए । उहाले भन्नु भो यो संसारमा कुनै पनि काम असम्भव छैन गरे सबै काम सम्भव छ । सम्सी गाउँपालिकालाई सरसफाइमा नमुना गाउँपालिका बनाउने तर्फ जोड दिनुपर्नै सांसद शाह बताए ।

मानव जिवनमा सरसफाइ एक अभिअंग हो सरसफाइ भए सबै जना स्वस्थ्य रहन सक्छौ । यहाँका दलित बस्तीहरुमा जग्गा कम भएकोले एकै ठाउमा चर्पि खाने पानीको पाईप गाढने भएकाले एकै ठाउमा मिसाबट भई पानी पिउनाले रोग लाग्ने समस्या बढी रहेका बताए । अरु विकसित देशहरुमा दलित बस्तीहरुमा चर्पीहरुको लागि सार्वजनिक एउटै ठुलो खाल्टो बनाई सबै चर्पीको मुहान जोडेर बानाए पछि अन्य ठाउमा फोहर जाने सम्भावना नभएकोले त्यहाका मानिसहरु स्वस्थ रह्ने बताए । अर्को कुरो अहिले संविधान पनि अधुरो छ । अपुरो संविधानलाई पनि संशोधन गरि संविधानलाई साकार पारेर नेपाललाई आत्मर्निभर बनाउने योजना रहेको जानकारी दिनुभयो । अहिले हाम्रो देशमा बडा बिडम्बना छ । जसले सबै आन्दोलनलाई अगुवाई गरेर सफल बनायो तर आज त्यहि नेपाली कांग्रेस पार्टीले राजतन्त्र र धर्म निपेक्षको कुरो गरि रहेको छ ।

सम्सी गाउपालिका भित्र ४ हजार ९ सय १७ घर धुरीलाई चर्पी बनाएर खुला दिशा मुक्त घोषणा गरिएको र हाम्ररो जिल्लामा अहिले पनि ९६ प्रतिशत ४५ सय घर धुरीमा चर्पी बनाउन बाकी रहेकोले यो असार भित्र पुरा गरेर खुला दिशा मुक्त घोषणा गर्नै योजना रहेको जिल्लला समन्वय समितिका सभापति सुरेश प्रसाद सिहले बताए । देशभरिमा १० वटा जिल्ला खुला दिशा मुक्त घोषणा हुन बाकी रेहको मध्य ५ वटा प्रदेश २ मा पर्नै सिहले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि  पूर्व मन्त्रि तथा संघीय सांसद प्रभु शाह, बिशिस्ट अतिथि  प्रदेश सभा सांसद भरत प्रसाद शाह, नेकपाका केन्द्र सदस्य राम कुमार शर्मा, सरोज कुमार यादव, जिल्ला समन्वय समितिका सभापति सुरेश प्रसाद सिंह, रामगोपालपुर नपाका मेयर  अशोक कुमार मण्डल, सोनम गापाका उपमेयर बिभा देवी शाह, उक्त गापाको जनप्रतिनिधिहरु, समाज सेवी, बुद्धिजिबी, पत्रकार लगायत सर्वसधारणहरुको उपस्थितिमा कार्यक्रम समापन भएको हो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz