कुष्ठराेग निवारण अभियान सम्बन्धि संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

live@khabar

राजेश सिंह
महाेत्तरी/जेष्ठ २८ गते ।

महाेत्तरीकाे सम्सी गाउँपालिकाका स्वास्थ शाखाले कुष्टराेग निवारण अभियान २०७६ अन्तर्गत संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार दिउँसो २ बजे सम्सी गाउँपालिकाकाे कार्यालयमा स्थानीय तहका जनप्रतिनिधि र संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कुष्ठराेगका लक्षण र छाला राेगहरु सम्बन्धि जानकारी दिएका थिए । सम्सी गाउँपालिकाभित्र ४ गते देखि ८ गतेसम्म घरदैलाे कार्यक्रम गरने योजना रहेको छ । गाउँपालिकाकाे सबै वाडमा कार्यक्रम हुने योजना रहेको स्वास्थ शाखाका संयोजक: बिरेन्द्र यादवले बताउनु भयो ।

उक्त कार्यक्रम गाउँपालिका भित्र पाँच दिन हुन्छ । र अति विपन्न वर्गलाई याे राेग फेला परेपछि नि:शुल्क अाैषधी सहित खाना र यातायात खर्च उपलब्ध गराउने प्रशासकीय अधिकृत मुकेश कुमार चाैरसियाले बताउनुभयो । यो कार्यक्रमलाई सफल पार्न सबैजनालाई सहयोग गर्न अाग्रह गर्दै, यो राेग किटाणुबाट लाग्छ । र याे राेग समयमै अाैषधी खाए निकाे हुन्छ । त्यही भएर सबैजनाकाे सहयोग पाए हाम्रो गाउँपालिकालाई याे राेगबाट निर्मुल पार्न सक्छौं । गाउँपालिकाका अध्यक्ष – शेख फारुकले बताए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz