आफ्नै छोरीलाई बलात्कार गर्दै आएका मन्त्रालयका उप सचिव ‘यादब’ पक्राउ !

live@khabar

आफ्नै छोरीलाई बलात्कारको प्रयास गर्दै आएका मन्त्रालयका एक उप सचिवलाई प्रहीले पक्राउ गरेको छ ।
उनलाई सोमबार १८ वर्षीया छोरीलाई जर्बजस्तीकरणी गर्न खोज्ने बाबुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । रातोपाटी अनलाईनमा समाचार छ ।

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया ९नाम परिवर्तन० आरलाई बारम्बार जर्बजस्तीकरणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जर्बजस्तीकरणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो थियो घटना

विगत ३ ४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत आरलाई बाबुले संवेदनशील अंगमा हातले छुने गरेको पाइएको छ ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् । प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।
किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जर्बजस्तीकरणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरेको रातोपाटीडटकममा सुजनपन्तले समाचार लेखेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz