महाेत्तरीमा धुलो नियन्त्रणको माग गर्दै विद्यार्थीले गरे एक घण्टा चक्का जाम ।।

live@khabar

राजेश सिंह
महाेत्तरी/जेष्ठ २६ गते ।

महाेत्तरीमा धुलो नियन्त्रणको माग गर्दै विद्यार्थीले गरे सडक जाम गरेको छ । धुलो नियन्त्रणको माग गर्दै औरही नगरपालिका स्थित भोईलटिम्कियामा रहेको श्री राम विलाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले एकघण्टासम्म चक्काजाम गरेका छन । आईतबार बिहान साढे ७ देखि साढे ८ सम्म सो विद्यालयका विद्यार्थीहरु बर्दिवास-जलेश्वर सडकखण्डमा चक्काजाम गरेका हुन ।

सडक निर्माणको क्रममा रहेको समयमा सडकमा चलेको सवारीसाधनको कारण निस्किएको धुलोधुवाँले पढनका लागि समस्या भएको भन्दै विद्यार्थीहरु सडक जाम गरेका हुन । वायुप्रदर्शनका कारण सडकको छेउमै रहेको विद्यालयलाई प्रत्यक्ष असर गरेको भन्दै सडकजाम गरेको त्यहाँका विद्यार्थीहरुले बताएका छन । १ घण्टापछि सडक निर्माणको ठेकेदार सुमन कर्णसँग सडकमा समय समयमा पानी छर्कने सहमति भएपछि सडक जाम खुलेको स्थानीयहरुले बताएका छन ।

सडक निर्माणको क्रममा उडेको धुलोको कारण जनजीवन अस्तव्यस्त हुँदै गएको स्थानीयहरु बताएका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz