बेटर नेपाल हस्पिटलद्वारा नि:शुल्क अाे.पि.डि. सेवाका साथै प्याथलाेजी र भिडियो एक्सेरेमा ५०%छुट सहित स्वास्थ शिविर सम्पन्न ।।

live@khabar

राजेश सिंह

महाेत्तरी/जेष्ठ २५ गते ।

महाेत्तरीकाे बर्दिवासमा बेटर नेपाल हस्पिटलद्वारा नि:शुल्क अाे.पि.डि. सेवाका साथै प्याथलाेजी र भिडियो एक्सेरेमा ५०% छुट सहित एकदिने स्वास्थ शिविर सम्पन्न भएको छ । शनिबार बर्दिवास नगरपालिका १४ अाैरहीराेड बर्दिवासमा रहेको बेटर नेपाल हस्पिटलमा नि:शुल्क अाे.पि.डि. सेवाका साथै शिविरमा प्याथलाेजी र भिडियो एक्सेरेमा ५०% छुट दिए स्वास्थ्य शिविर सम्पन्न भएकाे बेटर नेपाल हस्पिटलका संचालक दिलिप सिंहले बताएका छन् ।

उक्त शिविरमा १०३ जना बिरामीहरु चेकजाँच गराएका थिए । १०३ जना बिरामीहरु मध्ये महिलाहरुमा पाठेघरकाे समस्या र थाईराइड, जेष्ठ नागरिक हरुलाई हाडजोर्नी र मधुमेह राेगकाे समस्या, केही बिरामीहरुलाई छाला सम्बन्धि राेगहरु र पाईलस, फिसठुफा जस्ता समस्याहरु पनि देखा परेको डा. उमाशंकर गुप्ताले जानकारी दिनुभयो ।

उक्त शिविरमा वरिष्ठ छाति राेग विशेषज्ञ डा. नवीन प्रसाद शाह (MBBS, MD) केन्द्रीय क्षयरोग कार्यालय भक्तपुर, जनकपुर अचंल अस्पतालकाे वरिष्ठ कन्सलटेनट सर्जन तथा ल्याप्राेस्काेपिक सर्जन डा. उमा शकंर गुप्ता (MBBS, MS), स्त्री तथा प्रसुति राेग विशेषज्ञ डा. विजय कापड र जेनरल मेडिसिन डा. सिर्जना खातीले सेवा दिएका थिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz