ठूलो भूकम्प आउने हल्ला फैलाउने अर्जुन पक्राउ

live@khabar

काठमाडौं । नेपालमा ठुलो भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए। विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने र थुप्रै मान्छेको हताहती हुने अफवाह समेत फैलाएका थिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz