१२ औं गणतन्त्र दिवसको अवसरमा साेनमा गाउँपालिकाकाे एक वडाले गरे सरसफाइ कार्यक्रम ।।

live@khabar

राजेश सिंह

महाेत्तरी/जेष्ठ १५ गते ।

१२ औं गणतन्त्र दिवसको अवसरमा महाेत्तरीकाे साेनमा गाउँपालिकाकाे एक वडाले सरसफाइ गरेको छ । बुधबार बिहान ८ बजेतिर साेनमा गाउँपालिका वडा नं. १ मा रहेको सबै बाटोघाटाेकाे सरसफाइ सम्पन्न गरेको हाे ।

साेनमा गाउँपालिका वडा नं. १ काे वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अशोक कुमार यादवकाे अध्यक्षतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियोे । अब गणतन्त्र दिवसको अवसरमा मात्र हैइन, प्रत्येक १५ दिनमा सार्वजनिक स्थल र बाटोघाटाे सरसफाइ गर्ने योजना रहेको वडा अध्यक्ष यादवले बताएका छन् ।

उक्त सरसफाइ कार्यक्रम वडा कार्यालयकाे अगाडिबाट सुरु गरेर श्री नेपाल राष्ट्रिय अाधारभुत विधालयकाे प्रांगण, ब्रहम स्थानकाे प्रांगण लगाएत गाउँपालिका कार्यालयकाे प्रांगण सहितको सरसफाइ गरेको हाे । उक्त सरसफाइ कार्यक्रममा प्रमुख अतिथि: गाउँपालिकाकाे उप-प्रमुख: विभा देवी शाह, गाउँपालिका शिक्षा संयाेजक: राज कुमार शाह, वडा सदस्यहरु, राजनीतिकर्मी, समाजसेवी, वृद्धिजिवि, श्री नेपाल राष्ट्रिय अाधारभुत विधालयकाे विधार्थी भाईबहिनीहरु, शिक्षकशिक्षिकाहरु लगाएत सर्वसाधारणहरु उपस्थिति रहेको थियोे ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz