अमेरिकी डिभी चिट्ठाको नतिजा आज सार्बजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

live@khabar

काठमाडौँ । आज अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक हुने भएको छ।

अमेरिकी डिभी चिठ्ठाका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा पाउनेछन्। गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो।

डिभी चिठ्काको नतिजा https://www.dvlottery.state.gov/  क्लिक गरेर हेर्न सकिन्छ । डिभी भर्दा पाएको कन्फरमेसन नम्बरका आधारमा आफुँलाई डिभी पर्यो कि परेन जानकारी लिन सकिन्छ।

डिभीको नतिजा न्यूयोर्कको स्थानीय समय अनुसार मंगलबार दिँउसो १२ बजेपछि आउने इलेक्ट्रिक डाइभर्सिटी भिसा लोटरी ( EDV) ले जनाएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz