विश्व बरियतामा नेपाल ११औं स्थानमा, टेष्ट राष्ट्र पनि पछि

live@khabar

२० वैशाख, काठमाडौं । आईसीसी विश्व बरियतामा नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मे ३ (आज) देखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले तीन स्थान सुधार गर्दै ११औं स्थानमा पुगेको हो । यसअघि नेपाल १४औं स्थानमा थियो । नेपालले २१२ पोइन्ट पाएको छ ।

नेपालभन्दा पछि दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १३औं स्थानमा कायम रहँदा अर्को टेष्ट नेशन राष्ट्र आयरल्यान्ड टी-२० क्रिकेटको विश्व बरियतामा १५औं स्थानमा छ ।

टी-२० बरियतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा भने दक्षिण अफ्रिका, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौमा भारत रहेका छन् ।

त्यसैगरी छैटौमा न्युजिल्यान्ड, सातौमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इन्डिज र १०औंमा बंगलादेश छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz