बेटर नेपाल हस्पिटलद्वारा नि:शुल्क स्वास्थ शिविर सम्पन्न ।।

live@khabar

राजेश सिंह
महाेत्तरी/बैशाख १४ गते ।

महाेत्तरीकाे गाैशाला नगरपालिका १ रामनगरमा बेटर नेपाल हस्पिटलद्वारा नि:शुल्क स्वास्थ शिविर सम्पन भएको छ । शनिबार गाैशाला नगरपालिका १ रामनगर स्थित भानुभक्त मेमोरियल सेकेन्ड्री ईङ्गलिस बाेर्डिङ्ग स्कुलकाे् प्रांगणमा नि:शुल्क स्वास्थ्य शिविरका साथै नि:शुल्क अाैषधी वितरण सम्पन्न भएकाे बेटर नेपाल हस्पिटलका संचालक दिलिप सिंहले जनाएका छन् ।

उक्त शिविरमा १५० जना बिरामीहरु चेकजाँच गराएका थिए । शिविरमा बिरामीहरुलाई अाे.पि.डि. र ल्याब सेवाहरु नि: शुल्क दिएका थिए भने नि:शुल्क अाैषधी पनि वितरण गरेको सिंहले बताएका छन् । शिविरमा गाैशाला नगरपालिका १ रामनगरका बिरामीहरुले चेकजाँ गराएका छन् । २५० जना बिरामीहरु मध्ये महिलाहरुमा पाठेघरकाे समस्या र थाईराइड, जेष्ठ नागरिक हरुलाई हाडजोर्नी र मधुमेह राेगकाे समस्या र केही बिरामीहरुलाई छाला सम्बन्धि राेगहरु पनि देखा परेको डा. उमाशंकर गुप्ताले जानकारी दिनुभयो । ब्लड सुगर चेक जाँच गर्नुका साथै TLC/DC/HB gm%, Urine R/E Serum Uric Acid, Cerum Creatinine, Cerum Calcium जाँच गर्नकाे लागि सेम्पल कलेक्सन गरेको ल्याब असिस्टेन्ट सुनिल कुमार महताेले जनाएका छन् । शिविरमा करिब १५ हजार मुल्य बराबरको अाैषधी वितरण गरेको फर्मा सिस्ट राेसन कुमार सिंहले जनाएका छन् ।

शिविरमा जेनरल सर्जन विशेषज्ञ डा. उमाशंकर गुप्ता, जेनरल फिजिसियन हिरण सिंह र बालराेग बिशेषज्ञ डा. श्याम कुमार महाताेले सेवा दिएका थिए भने बेटर नेपाल हस्पिटलकाे अायाेजनामा र भानुभक्त मेमोरियल सेकेन्ड्री ईङ्गलिस बाेर्डिङ्ग स्कुलकाे सहयोगमा भएको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz