नेपाली राजनीतिमा मन्त्री यादव मधेशको मात्र होईन, देश कै पिलर हुन्’

live@khabar

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा सपथ लिएका थिए। नेपाल सरकारका मन्त्री मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालेका छन्।

सन् १९५८ मा धनुषा जिल्लामा जन्म भएका यादवले वातावरण विनाश हुने गरि अवैध ढुंगाखानी सञ्चालन गर्ने माथि कारवाही नगरेकोले ललितपुरका तत्कालिन एलडीओ (स्थानीय विकास अधिकारी) लाई पहिलो पटक मन्त्री हुँदा ट्वाइलेटमा थुनेका कारण चर्चामा आएका थिए।

२०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव वि.स २०३६–३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति हुदै दुई पटक मन्त्री बन्न सफल नेता हुन्। २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएका यादव पछि पुन प्रचण्ड नेतृत्वको माओवादी मानै फर्किएका थिए।

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका मातृका यादव मधेशमा प्रभावकारी नेताको रुपमा चिनिन्छ। मातृकाप्रसाद यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका हुन्। अहिले दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकारमा उद्योग मन्त्रलालयको जिम्मेवारी कुशलताका साथ निवाही रहेका छन्।

हिजो जनयुद्धकाल देखि नै उनी एक कुशल राजनीतिक ब्यक्तीत्व हुन्। उनले कहिल्लै पनि एकल मधेशको माग गरेनन् , हिजो पनि उनी मधेश आन्दोलनको एक पिलर नै थिए। अहिले पनि मधेसशको एक पिलर नेताको रुपमा नै चिनिन्छ उनलाई। मधेसका तमाम् जनताहरु उनकै समथमा छन् , उनकै पक्षमा छन् , उनले नै सिकाएकै उनले नै देखाउको बाटोमा हिडि रहेका छन्। उनले कहिल्लै पनि हिमाल,पहाड, तराई भनेनन् मात्र भने ‘हाम्रो देश नेपाल हो’।

हिमाल,पहाड,तराई जहाँ गए पनि जँता गए पनि सबैलाई समान व्यवहार गर्ने नेताका रुपमा चिन्न सकिन्छ उनलाई। जनताको लागि काम गर्ने नेता माथी गलत प्रचार हुनु भनेको सरकार असफल हुनु जस्तै हो। उनी माथी नेतृत्वले संरक्षण गर्न जरुरी छ। नेपाली राजनीतिमा मधेशको मात्र पिलर होईनन्, उनी त देशको नै एक पिलर हुन्।

मन्त्री यादवलाई असफल बनाउन विभिन्न गिरोह शक्तीहरु लागि परेका छन्। ओली सरकारमा उनी एक कुशल मन्त्री पनि हुन् , तर उनी माथी किन बारम्बार झुटा आरोप लाग्छन् त ? आखिर उनलाई किन सरकार नेतृत्वले संरक्षण गर्न सकि रहेको छैन। उनी माथीको प्रहार भनेको सरकार माथीको प्रहार हो, उनी यस कारण कमजोर छन् कि, उनी कुनै कसैको प्रलोभनमा फस्दैनन् कहिल्लै गलत काम भने गर्दैनन् , गर्छन त उनी देश र आम जनताको लागि गर्छन्।

उनी माथि विभिन्न ब्यवसायिहरुले आर्थीक प्रलोभन देखाउदै आएका थिए, तर उनले त्यो सुन्न नै चाहेनन् किन कि उनी घुस खान नजान्ने नेताका रुपा पनि चिनिन्छन् उनले घुस नखाएकै कारणले उनी माथी प्रहार हुन थालेको छ। तर विभिन्न कर्मचारीहले व्यापारीहरु बाट काम गरि दिन्छु भन्दै घुस खाए तर कर्मचारीले काम भने गरि दिएनन् त्यस पछि मन्त्री यादव विरुद्ध दुष्प्रचार भई रहेको छ।

उद्योग मन्त्री विरुद्ध गलत प्रचार हुनुमा यस्ता छन् कारण -व्यापारीसँग मिलेनन् मन्त्री यादव

-कर्मचारीले व्यापारी बाट पैसा लिए तर मन्त्रीले काम गरि दिएनन्

-मन्त्री यादवले घुस नखाएकोले उनी माथी व्यापारीले गरे राजनीति षड्यन्त्र

-निस्वार्थी नेता भएकाले जनताको काम गरेकोले उनी माथी गलत प्रचार

सम्बन्धीत समाचार

उद्योग वाणिज्य मन्त्रालयको एक वर्ष : औद्योगिक क्षेत्रमा सुधार

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले एक वर्षको अवधिमा उद्योग बाणिज्य क्षेत्रमा नीतिगत सुधार देखि औधौगिक क्षेत्रमा धेरै सुधारका काम गरेका छन्। मन्त्रालय सम्हालेका मन्त्री मातृका प्रसाद यादवले कार्यकालको एक वर्षको अवधिमा उद्योग बाणिज्य क्षेत्रमा नीतिगत सुधार देखि औधौगिक क्षेत्र सुधारको काम गरेका छन् । रुग्न भएका उद्योगको स्तरोनती गर्ने काम मन्त्री यादवले गरेका छन्। उद्योग बाणिज्य क्षेत्रमा विभिन्न नीतिगत सुधारका काम गरेका गरिएको छ। उदयपुर सिमेन्ट उद्योगमा किलिन सेल परिवर्तन गरी प्रतिदिन चार सय ५० मेट्रिक टन उत्पादन भएकोमा बढेर ६ सय मेट्रिक भइ रहेको छ।

यस्तै हेटौडा सिमेन्ट उद्योगको स्तरोनती गरी क्षमता बृद्धि गरी हाल सम्मकै सवै भन्दा बढी खुद नाफा १६ करोड ३६ लाख हासिल गर्न सफल भएको छ। यसको उत्पादन क्षमतामा बृद्धि गरी दैनिक ६ सय मेट्रिक टन पुगेको छ। यस्तै जनकपुर चुरोट कारखाका कर्मचारीहरुको दायित्व पुरा गरी विदाई गरिएको छ। साथै उद्योगमा रहेका पुराना सवारी साधन तथा कवाडी समानहरुको लिलामी कार्य सम्पन्न गरिएको छ।

मन्त्रालयले गोरखकाली रबर उद्योगको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा कार्यदल गठन भई प्रतिवेदन कार्यान्वयनको पहिलो चरणमा कारखानामा रहेका कर्मचारीलाई अनिवार्य अवकाशको निर्णय गरेको छ। यस्तै हेटौडा कपडा उद्योग निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने गरी पट्टाबाहालमा दिने गरी काम अगाडि बढेको छ।

चार सय ९९ उद्योगमा एक खर्ब ९८ अर्ब वैदेशिक लगानी प्रस्ताव विदेशी लगानीमा सञ्चालन हुन लागेको चार सय ९९ वटा उद्योगमा एक खर्ब ९८ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ। ती उद्योगबाट ५ हजार एक सय ५२ जनालाई रोजगारी दिने अनुमान गरिएको छ। वैदेशिक लगानीमा सञ्चालन गर्नका लागि चार सय १६ विदेशी लगानी स्वीकृत भएका छन्। कृषि तथा वनजन्य, पर्यटनमुुलक, सेवामुलक, उत्पादनमुलक, निर्माण, ऊर्जा र सुचना प्रसारण तथा सञ्चार प्रविधिमा लगानी गर्नका लागि प्रस्ताव आएको छ।

प्रक्रियागत सरलीकरण

उद्योग दर्ता देखि बहिर्गमन सम्मका सेवा सुविधाहरु एकै स्थानबाट उपलव्ध गराउने उदेश्यले एक विन्दु सेवा केन्द्र स्थापना गर्ने तयारी भइ रहेको छ। उद्योग विभागको परिसरमा एकल विन्दु सेवा केन्द्र र लगानी सहजीकरण केन्द्रको पुर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

कम्पनी रजिष्ट्रारको कार्यलयमा एक लाखसम्मको भुक्तानी अनलाईनबाट हनेछ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz