महाेत्तरीकाे गाैशालामा चैती दुर्गा मेलाको कलश स्थापना ।।

live@khabar

राजेश सिंह

महाेत्तरी/चैत २३ गते ।

महाेत्तरीकाे गाैशालामा चैती दुर्गा मेलाको कलश स्थापना गरेको छ । गाैशाला नगरपालिका १२ कान्तिबजारमा दुर्गा मन्दिरमा चैती दुर्गा मेला लगाउनकाे लागि कलश स्थापना गरेको हाे । शनिबार बिहान करिब ९ बजे चार सयकाे संख्यामा कुमारी कन्याहरु रुपनीमाई स्थानबाट जल लिएर जमुनिया बजार हुँदै कान्तिबजार स्थित दुर्गा मन्दिरमा कलश स्थापना गरेको हाे ।

साे मेलामा भागवत कथा शनिबार देखि नै सुरु भएको छ । भागवत कथा प्रत्येक दिन बिहान र बेलुकागरि दुई पटक हुन्छ । मेलामा दुई – तीन दिन भित्रैमा बिरगंजकाे सरकसपनि अाउदैछ । सरकसमा माैतकाे कुवा, राम हिलाेरा, चक्र राउन्ड, रेल लगाएत अाठ किसिमको खेल देखाउने सरकस अाईरहेकाे मेला समितिका सचिव: मधुरी महताेले जनाएको छ । मेला चैत २९, ३० र बैशाख १ गतेसम्म लाग्ने छ ।

उक्त कलश यात्रामा नगरपालिका प्रमुख: शिवनाथ महताे, वडा नं.१२ काे वडा अध्यक्ष: कुष्ण बहादुर विक, वडा सदस्य: राम अशिस महताे, राम गुलाम शाह, अनुपिया देवी राउत, राजनीतिकर्मी, बुद्धिजीवी, समाजसेवी, शिक्षकशिक्षिकाहरु, विधार्थी, लगाएत करिब दुई हजार भन्दा बढीको संख्यामा सर्वसाधारणहरुका उपस्थिति रहेको थियोे ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz