धनुषामा भन्सार छलेर ल्याउदै गर्दा करिब १ लाख ३० हजार बराबरको समानहरु बरामद ।।

live@khabar

लाईभ ईखबर समाचारदाता,

धनुषा/ चैत २१ गते ।

धनुषामा भन्सार छलेर ल्याउदै गर्दा करिब १ लाख ३० हजार बराबरको समानहरु बरामद गरेको छ । मिथिला बिहारी नगरपालिका ९ अन्धुपट्टीबाट करिब १ लाख ३० हजार बरावरको भन्सार छलेर ल्याउदै गर्दा विभिन्न किराना समानहरु बुधवार साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भन्सार छलि गरी ज २ प ६७५८, ज ३ प ८२१४, बा ५३ प ७४७५ र BR 52 A 7520 नम्बरको मोटरसाईकलमा ल्याईएको खाने तेल, लसुन, राजनिवास, चकलेट र पान पराग भन्सार चोरी निकाशी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित उक्त किराना सामानहरु बरामद गरेको हो ।

सामान लिएर अाउदै गर्दा प्रहरी टोलीलाई टाढैबाट देखने बितिकै भागेको हुँदा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz