सर्लाहीको मलंगवामा आगलागी हुदा करिब साठी लाख बराबरको क्षति

live@khabar

लाईभ ईखबर समाचारदाता,

सर्लाही/चैत २१ गते ।

सर्लाहीको मलंगवामा आगलागी हुदा करिब साठी लाख बराबरको क्षति भएको छ । मलगंवा नगरपालिका १० जिबिस चाैक स्थित शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक ६ जनाको विभिन्न पसलमा आगो सल्कि आगलागी भई धनमाल जलि नष्ट भएको थियोे । अागलागिबाट करिब ५९ लाख ५० हजार बराबरको क्षति भएको छ ।

बिहिवार करिब २ बजेको समयमा भएको आगलागीबाट सोही नगरपालिका बस्ने राज नारायण ठाकुर र प्रमोद शर्मा ठाकुरको काठको फर्निचर पसल, राज किसुन पंडितको काठको किराना पसल, हुसैनी मुकेरीको सिरक र डसना बनाउने काठको पसल, पिन्टु यादवको काठले बनेको बोर्डमा लेख्ने आर्टिस्ट पसल र शम्भु ठाकुर हजामको काठको शैलुन पसल पूर्ण रुपमा जलेर नष्ट भएको हुँदा उक्त मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागी भएको भन्ने सुचना प्रहरीलाई प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले स्थानिय र दमकलको सहयोगमा ०३:४५ बजे उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz