महाेत्तरीकाे रामगाेपालपुरमा ट्रयाक्टरले ठक्कर दिदा एक जना गम्भीर घाइते ।।

live@khabar

राजेश सिंह

महाेत्तरी/चैत २० गते ।

महाेत्तरीकाे रामगोपालपुरमा ट्रयाकटरले ठक्कर दिदा दुई जना बालक घाइते भएका छन् । दुईजना बालक मध्ये एकजना गम्भीर घाइते भएको हाे । बुधबार दिउँसो साढे चार बजेतिर रामगोपालपुर चाैक देखि करिब एक किलोमिटर पुर्व स्थित ट्रयाक्टरले ठक्कर दिदा रामगोपालपुर नगरपालिका ५ बस्ने रामसागर मण्डलकाे छाेरा १२ वर्षिय सुमित मण्डल गम्भीर घाइते भएका छन् ।

रामगोपालपुरबाट बिसमहरपुर तर्फ जादै गरेको ज १ त ५३९० नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट अाउदै गरेको साईकलमा सवार मण्डललाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । मण्डललाई पेट र ढाडमा गम्भीर रुपमा चाेट लागेको र घाइतेलाई उपचारको लागि जनकपुर पठाएको ईलाका प्रहरी कार्यालय रामगोपालपुरका ईन्चार्ज अशोक कुमार झाले जानकारी दिनुभयो ।

ट्रयाक्टर चालक फरार रहेको र ट्रयाक्टर ईलाका प्रहरी कार्यालय रामगोपालपुरका नियन्त्रणमा रहेको छ । भने घटना बारे थप अनुसन्धान भई रहेको झाले बताउनु भयो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz