देशप्रती एक युवाको गम्भीर बिस्लेषन ” सत्ता बदलिए तर ब्यब्स्था बदलिएन

live@khabar

यो देशको सबैभन्दा बढी चिन्ता सर्वसाधारण जनतालाई छ।सत्तापक्षका हनुहरु नक्कली चिन्तन छाँट्छन। कुनै पनि देशमा राजा या रास्ट्रपति होस् त्यो देशको रास्ट्र प्रमुखको लागि त्यो देशमा बस्ने सम्पुर्ण देशबासी या जन्ता एक परिबार जस्तो हुन्छ र सम्पुर्ण जनतालाई समान व्यबहार गर्नु पनि पर्छ किनकी जन्ता जनार्दन हुन। तर  रास्ट्र प्रमुख ले या सत्ताधारी कुनै पनि ठुलो पद्को ब्यक्तिले केबल आफ्नो घरको परिबार लाई परिबार बुझ्ने र आम सर्ब साधारण जनतालाई कर आउने श्रोत र भोट्को बाटो बुझेर आफ्नो हैकमवादी गर्ने र आफ्नो ब्यक्तिगत शासन प्रणाली अपनाउन थाल्यो भने त्यो केबल आम जन्तामाथी मात्रै असर नपरी सिङ्गो देश माथी नकारात्मक असर पर्नुको साथै देशको लागि दुर्भाग्य हुन्छ। यिनै जन्ता हुन जो देशको बिकास को निमित्त, देशलाई समृद्धि बनाउन नेपालको नाम उच्च स्तरमा पुर्याउन, आम जन्ताको लागि चाहिने सेवा सुबिधा,बिकासका पुर्बाधार हरुको ढोका खोल्न र आफ्नो अधिकार सुनिश्चित गर्नुको लागि एउटा् इतिहास मा याद रहने आन्दोलन गर्यो । सब पार्टी मिलिर एक आपसमा हाथमा हाथ मिलाएर, एकले अर्को लाई सहयोग गरेर टोल-टोल बाट, गाउँ -गाउँ बाट, घर-घर बाट , हरेक बस्ती बाट मान्छेहरु जम्मा भएर गाउँ देखि शहर  र शहर देखि राजधानी काठमाडौं सम्म गएर कयौं दिन भोक प्यास लाई  बिर्सी बन्द हडताल गरि चक्काजाम गरि मन्त्रालय देखि सिंहदरबार सम्म जाम गर्यो निकै दिन यो आन्दोलन भयो। धेरै जनाले देश को निमित्त ज्यानको बाजि लगाएर ज्यान गुमाउनु पर्यो , अनगिन्ती  शाहदत प्राप्त गर्यो , कति  अपांग भयो , कतिको काख सुन्य भयो , कति बिध्वा भईन त कति ले छोरा गुमाये कति ले आफ्नो श्रीमान गुमाये कति अपांग कति बेशहारा भयो कसको घरबार नै छ्ताछिन्न भयो हजारौं नेपाली दाजु भाइ सहिद भये अनि त्यस पश्चात सयौं बर्ष देखि शासन गर्दै आईरहेको राजतन्त्र लाई  हटाउन सफल भयो । एउटा्  ईतिहास बन्यो नयाँ ब्यबस्था कायम भयो जसमा श्री ५ को सरकार हटाएर नेपाल सरकार बन्यो  र नेपालकै इतिहासमा पहिलोपटक डा. रामबरन यादव राष्ट्रपति हुनु भयो। बर्षौ देखि हरेक क्षेत्रबाट शोषित र अनेक समस्यामा पिल्सिएका आम जनताहरुमा खुशीको मह्सुस हुन थाल्यो कि अब पक्कै पनि हाम्रो देशमा बिकासको गति लिन्छ, शान्ति सुरक्षा कायम हुन्छ देशमा सुशासन कायम हुन्छ। आम जन्ताको हक हितमा काम हुन्छ  र नेपाल अब समृद्धि तिर लम्किन्छ । तर जन्ताले सोचेको , आशा गरेको र हाम्रो देश हित कुनै काम भएन । राजतन्त्र हटाएको दिन देखि अहिले सम्म समयको तुलना गर्नु हुन्छ भने धेरै बर्ष समय बित्यो तर देशमा कुनै नयाँ किसिमको  परिवर्तन भएन जनताको समस्या यथाबत नै रहयो केही बद्लिएन यदि बद्लियो त केबल सत्ता र पद मात्रै। त्यो समय देखि अहिले सम्म हरेक ८/९ महिना पछि  मन्त्री , प्रधानमन्त्री , उच्च तह को कर्मचारी फेरिदै गयो तर देशको मुहार फेर्नु सकेन। आम जन्ता दिन प्रती दिन झन्झन्  राजनीतिक , आर्थिक दल-दलमा फसदै गयो। बिकाश का पुर्बाधार हरु बन्द हुँदै गयो जन्ता मा निराश छायो तर सरकारले जन्ता माथी झन कडा शासन र बिभेद गर्न थाल्यो । हरेक कुरामा राजनैतिक हुन थाल्यो कोइ जातपातको नाममा त कोइ समुदाय त कोई धर्म को आडमा राजनीति गर्न थाल्यो । त्यस पछि पुन मधेस सङ्ग जब सरकारले विभेद गर्यो मधेसी भनेर , कालो बर्णको मान्छे हेर्न बितिकै ईन्डियन र धोती भनेर हेपने, घृणा गर्ने यदि मधेसी भनेको बिहारी हुन भने ? भारतकै दार्जीलिङमा आन्दोलन हुदा माइतीघरमा मैनबत्ती बाल्नेहरु नेपाली हुन कि भारतिय दार्जिलिङिग ?

राज्यले मधेस सङ्ग समान व्यबहार नगरे पछि बाध्यताबस  फेरि २०७२ साल मा मधेसको जन्ताले आफुमाथि भएको अन्याय ,अत्याचार, विभेद , नागरिक्ताको समस्या,हरेक क्षेत्रमा समान पहुच र मधेस हितको अन्य अरु मागको लागी सरकार सङ्ग आफ्नो अधिकार खोज्दा सरकारले गैर जिम्मेवारी भुमिका निर्बाह गर्यो । जस्को परिणाम मधेसमा कयौं महिना बन्द ,हडताल चक्काजाम र आन्दोलन भयो । आफ्नो हक अधिकारको निमित्त सयौं मधेसी जन्ता बिरगति प्राप्त गरे , कतिको घरपरिवार छिनबिन भयो, मधेस पुरै शोकमा डुब्यो तरपनि  सरकार ले मधेसी जन्ताको बलिदान को कदर गरेन ।

आफ्नो सत्ता र पावर को भरमा संविधान बनायो त्योपनि अपुर्न धेरै धारा उपधारा त्रुटिपूर्ण थियो । यो भन्दा अझै कुन दिन दुर्भाग्य होला जुन दिन एउटै देशको आधी जन्ता कालो दिबश मनाई रहेको थियो आधी दिपाबली तर पनि राष्ट्रका प्रमुख ब्यक्तिहरु ले मधेसी जन्ता र मधेस प्रती गम्भीर भएन। मधेसी जन्ता निराश भएता पनि आशा लगाई रहेको थिए कि सरकार एक दिन अवस्य हाम्रो माग प्रती गम्भीर हुन्छ भनेर तर सरकार ले मधेसी नेताहरु सङ्ग बार्ता गरि केबल झुठो आश्वासन मात्रै दिरहयो बैठक बस्ने तर बिना निष्कर्ष बैठक समाप्त हुन्थ्यो  सरकारले अन्य केही कुरा नपाउदा नागरिकता को कुरा मा मधेसी नेता लाई अड्काउथ्यौ । तर याद गर्नुस इतिहास बि.स. २०३६ सालमा निर्दललाई जिताउन लाखौं विदेशीलाई नेपालको मतदाता बनाइयो। २०४८साल पछि कांग्रेस र एमालेले तिनैलाई नागरिकता दियो। अहिले नागरिकता सम्बन्धि झनै लचिलो विधेयक संसदमा प्रस्तुत भएको छ। अहिले सन्दर्भमा यिनिहरु को व्यबहार हेर्दा मलाई त कुनै बेला डर पनि लाग्छ कतै देश गलत दिशामा गैइ रहेको त छैन।

देशमा अनेकौ समस्या हरु अझै यथाबत नै थियो जनता त्यस्तै अवस्थामा भएपनि सरकारले २०७४ सालमा ३/३ वटा चुनाव गरायो। चुनावमा पनि हरेक ठाउँमा आ-आफ्नो पार्टीको निमित्त नानाथरी का गन्धा राजनीति गर्यो, आम जन्ता माथी धेरै उतार चढाब आयो। आफु लाई जित्न सबै दलले हरेक दृष्टिकोण बाट कुनै कसर छोडेन यति मात्रै होईन माओवादी र एमाले को पत्ता साफ हुने अवस्था देखेर यी २टै पार्टी एकता गरि ने क पा नाम राखेर चुनाबमा भाग लियो उता रा ज पा र फोरम पनि सङ्गै चुनावमा भाग लियो तर पनि कुनै ठाँउमा यो पार्टीले त कुनै ठाँउमा अर्कोले जित्यो। स्थानीय , प्रदेश र केन्द्रिय गरि देशमा ३ तहको चुनाव भयो र ५ बर्षको लागि स्थाई सरकार बन्यो । जन्ताको अनुहारमा खुसीको बादल छाएको थियो कि अब सङ्घिय सरकार बन्यो त्यो पनि हरेक क्षेत्रमा ने क पा कै मन्त्रीहरु भएको हुनाले अब देशमा शान्त सुरक्षा कायम हुन्छ, देश समृद्धि को दिशामा जानेछ, जन्तालाई चाहिने आवश्यक स्रोत र साधन उपलब्ध हुनेछ , खानेपानी को ब्यबस्था हुनेछ ,खाद्यान्न बस्तु सुपत मुल्यमा पाउने छ, कृषि क्षेत्रमा लगानी हुनेछ , बाटो घाटोको बिकास हुनेछ, देशमा अर्थ ब्यबस्था कायम रहन्छ, अब जन्ताले चोरीपैठारी , डकैती , भ्रष्टाचार , बलात्कार हत्या हिंशा बाट छुटकारा मिल्छ जस्ता कैयौ सपना देखेको थिए तर मलाई के लाग्छ अब हाम्रो नेपालमा नारी को इज्जत,हत्या, हिंसा , बलात्कार  अनि गरीब जन्ताको जीवन साथै किसान र मजदुरको मेहनत पसिना सस्तो भयो ।  आर्श्चर्य त तब लाग्न थाल्यो जब संघीय सरकार आएदेखी ठिक उल्टो उल्टो हुदै गइरहयो। नेता देखि मन्त्री , ठुला-ठुला कर्मचारी देखि लिएर उच्च ओहदा का पदमा बसेका ब्यक्तिहरु केबल सभा-सम्मेलन , कार्यक्रम उदघाटन र ठुला-ठुला भाषनमा मा मात्रै ब्यस्त भयो। दुखको कुरा के हो भने सङ्घिय सरकार बनेको १ बर्ष भन्दा बढी समय बितिसक्दा पनि जन्ता ले सोचेको र देशहितमा त्यस्तो कुनै दिगो र केही उपलब्धि मुलक काम भएन।

यदि केही भयो भने त्यो त्यो हो भ्रष्टाचारिमा वृद्धि कस्तो रहेछ देशको कर्मचारी अचम्म लाग्छ भ्रष्टाचार गरेको कुराहरु सुनेर। एउटा् रेडबुल घुशमा खाएर , हजार रुपैया को घुस लिने  देखि करोडौं ,अर्बौं को भ्रष्टाचार गरेको हामीले सुनिरहेको र देखिरहेको छौ तर पनि कुनै कारबाही भैइरहेको छैन आखिर किन ? यो अहिलेको परिस्थितिमा  प्रश्ननबाचक चिन्ह बनेको छ। अर्कोतिर के कुरा देखि अचम्म लाग्छ भने सर्बसाधारन जन्ताले छिमेकी देश ईन्डियाको बोर्डर छेउ बाट आफनो घरायसी समान जस्तो नुन,तेल मर- मसला ईत्यादी पनि साईकल वा मोटरसाइकलमा ल्याई रहेको हेर्यो  भने तुरुन्तै प्रहरी प्रशासनले समातेर  कारबाही गर्नु थाल्छन् । यति मात्रै हैन ५ / १० हजार घुस लिएको कर्मचारी समात्यो भने तुरुन्त पत्रकार सम्मेलन गरि आफ्नो ठुलो ठुलो फोटो पत्रीका या अन्य अन्लाईन समाचार हरुमा ल्याउछन। तर हाम्रो देशमा त्यत्रो ठुलो ठुलो भ्रस्टाचार हरु अझैसम्मभैइरहेको छन खोइ के हेरेर बसिरहेको छन सम्बन्धित निकाय हरु , अख्तियार , देशका कानुन र सरकार ?   खोइ के भो ३३ किलो सुनको  काण्ड, सुनको प्रमुख नाईके कता हरायो गृहमन्त्रीले त भाषन दिनु भएको थियो कि ठुलो माछा जो सुकै होस् समातेर कारबाही गर्छु तर यत्रो दिन बित्यो खोइ किन केही भएन ? व्हाटबडिमा ( विमान खरिद प्रकरण मा )अर्बौं घोटाला भो खोइ किन गम्भीर भएन सरकार र कहाँ गयो अख्तियारको पावर , किन छानबिन भैईरहेको छैन ? कि खाली १० / २० हजार भ्रष्टाचार गर्ने लाई समातेर जन्ताको आखामा धुलो झोक्ने काम गर्नु भएको । देशमा हजार देखि करोडौं , अर्बौं सम्मको भ्रष्टाचार भैइरहेको छन कतै सरकारि कर्मचारी ले त कतै जनप्रतिनिधि हरु ले त कतै मन्त्रीहरूले नै भ्रस्टाचार गरिरहेका छन तर  प्र.म.अोलीज्युले खाली भाषनमा  “भ्रष्टाचारीको मुखै हेर्दिन” भन्नु हुन्छ तर उहाको दायाँ बायाँ सब भ्रस्टाचार नै भ्रष्टाचार , दुरसन्चार मा भ्रष्टाचार , जलविद्युतमा भ्रस्टाचार , बाटोघाटो मा भ्रष्टाचार भैईरहेको छ तर पनि भन्नू हुन्छ म भ्रस्टाचार हुन दिन्न । जन्ता लाई खुशी लाग्छ यो कुरा सुनेर तर व्यबहारमा भ्रष्टाचार लाई रोक्ने भ्रष्टाचारि लाई कारबाही गर्ने कुनै काम गरेको छैन सरकार ले।

अझ अख्तियारका प्रमुखलेनै घुस खाएको कुरा सार्वजनिक भएको छ अब जनताहरुले कसको पो भरोसा गर्नु! यसरी रक्षकनै भक्षक भएपछि देसको भलो त विदेसमा बसेका नेपालीहरुसंग पैसा मागिरहने धुर्मुसेहरुजस्ताले मात्रै पो गर्ने हुन की यिनिहरुको पनि के भरोसा  करोडौको घर, लाखौको गाडीमा हिड्छन्, खै अब आम जन्ता लाई त कसैको बिश्वास लाग्दैन।उता २५ सदश्यीय मन्त्रीमण्डलमा प्र.म. र अर्थमन्त्री बाहेक २३ जना मन्त्रीले एकातिर इन्धनको रकम बुझ्ने र अर्कोतिर मन्त्रालयबाट इन्धन भर्ने गरेकाछन् खोइ के हेरेर बस्नु भएको छ हाम्रो प्रधानमन्त्री ओलि ज्यु।

बिस्वको अभिलेख अनुसार सन्सारमै हाम्रो देश नेपाल भ्रस्टाचारमा १० औ स्थान मा आएको छ ।आखिर किन यति भ्रष्टाचार भैइरहेको छन ती ब्यक्तिलाई उस्को आमाबाबुको राम्रो सन्सकार नपाएर या गलत संघतमा परेर या देशको कानुन फित्त्लो भएर कि या ठुला बडा को पहुँच भएर या कि सरकार को लचिलोपन ले गर्दा या अरु कुनै कारण छ जस्ले गर्दा भ्रष्टाचारले यति उग्र रुप लिरहेको छन। मलाई बेला बेला यी कुरा हरु सोचेर देश कुनै द्ववन्द मा जान्छ कि भनेर चिन्ता पनि  लाग्छ । तर अब सरकारले गम्भीरता पुर्बक यस्को कुनै कडा कदम लिनु पर्छ जस्ले गर्दा आम जन्ता भ्रस्टाचारि को शिकार नबनौस र देशमा भ्रस्टाचार  नहौस।

जसलाई हामि नारी (महिला ) भन्छौ यो आफैमा एउटा् सुन्दर सन्सार छन् । एक मानव को लागि उस्को जीवन को हरेक क्षणमा नारिको आवश्यकता  पर्छ चाहे आमा को रूपमा होस या दिदिबहिनी या श्रीमती इत्यादि अनि मात्रै मानव जीवन सफल हुन्छ । नारी दया, मम्ता करुणा को सागर हुन नारी बिना सन्सार चल्दैन र असम्भव पनि छ । तर बिडम्बना के छ भने हाम्रो देशको रास्ट्रपति जस्तो गरिमामय पदमा महिला छन् तर दु:खद कुरा के हो भने हाम्रो देशमा महिला दिदीबहिनीहरु,चेलीबेटीहरु कुनै सुरक्षा छैन । ८/९ बर्षको कलिलो उमेरका  बच्चा देखि लिएर  जबान चेलीबेटीअनि ३०/३५ बर्ष सम्मको लाई पनि बलात्कार गरि हत्या गरिन्छ। तर सरकार ले हत्यारा र बलात्कारि  लाई सजाय दिनुको साटो मुखदर्शक भएर बसेको छ।

यहि देश होइन छोरीलाई कुमारी र देवी भनेर पूजा गर्ने । अलिकति शरम लाग्दैन त्यही देशमा सात महिने शिशु शरीरमा निलडाम सहित उखु बारीमा मृत फेला पर्छन् , त्यहि देशमा १३ वर्षिया निर्मलाकाे बलत्कार पछि निर्मम हत्या हुन्छ । त्यहि देशमा ११ वर्षिया बालिकाकाे कलिलाे शरिरमा आगाे लगाइ जलाइन्छ । घटना देख्दा, सुन्दा हामी लाई मुटु दुखिरहेकाे छ तर सम्बन्धित निकाय र सरोकार बला हरु कानमा तेल हालेर सुतेको छन् आखिर किन यस्तो गैर जिम्मेवारी भुमिका निर्बाह गरिरहेको छन् सरकारले जन्ता सङ्ग ? के जन्ताले यस्कै लागि कर तिर्छन्  सरकार लाई। अब त हाम्रो देशमा यस्तो समय आइसकेको छ कि आम सर्बसधारन जन्तालाई सुरक्षाको कुनै अनुभुति भैईरहेको छैन । घर बाट निस्कीन बितिकै असुरक्षित महसुस गर्छन् आखिर किन यस्तो दुव्र्यवहार गरिरहेको छन्  ती पापी हरुले हाम्रो साना साना  बालबालिका र चेलीबेटी माथी हरेक दिन कतै न कतै हत्या र बलात्कार भैइरहेको छन । सरकारका मन्त्रीहरु र ठुलो ठुलो  नेताहरु ले भाषानमा महिला अधिकार को कुरा गर्छन् तर महिलाको अधिकार को त कुरै छोड्नुस यहाँ सरकारले सुरक्षा निमित्त कुनै कदम उठाउनु सकेको छैन यो भन्दा अरु दु:खद कुरा के हुन सक्छ । अझ पनि यो बिषयमा संबेदनसिल भएन भने मुलुकमा गम्भीर समस्या आईपर्छ र त्यस्को जिम्मेवार सरकार हुन्छ।

बिश्वमै जलस्रोतको दोस्रो ठुलो धनी देश भनेर हाम्रो देश नेपाल लाई चिनिन्छ तर बिडम्बना हेर्नुस यहाँ जलस्रोत को दोस्रो धनी देश भएर पनि हाम्रो देशमा अहिले पनि धेरै ठाउँमा खानेपानीको सुबिधा भएको छैन र उचित ब्यबस्थापन छैन जस्ले गर्दा आम जन्ता गर्मी याममा पानीका लागि त्राहिमाम हुन्छ। हिमाल, पहाडमा पानीको मुहान सुकेर त्यहाको जन्तालाई सास्ती खेपनु पर्छ र जहाँ खानेपानी छ त्यहा बिजुलीको समस्या ले गर्दा पानी जम्मा नहुनु सकेर धारामा पानी आउदैन ।  यता तराईमा अझैसम्म अधिकतम ठाउमा खानेपानी(धारा)को सुबिधा नभएकोले गर्दा ईनारको पानी खान बाध्य छन् अर्को तिर के समस्या छ भने अरु महिना त इनारमा पानी हुन्छ तर बैशाख देखि असार सम्म सुख्खा मोसमले गर्दा पानीको  लेयर तल जान्छन् र पानीको हाहाकार हुन्छ र जन्ताले पानीको लागि समस्या भोग्नु पर्छ।

अर्को पक्ष केहो भने पानीले गर्दा नै पनि यहाको जन्ताको जीवन कष्टकर हुन्छ जब बर्षा याममा दिनरात पानी पर्छ खोलानाला मा यति धेरै बाढी आउँछ कि तराईमा किसानको उब्जनी जमिन कटान गर्नु को साथै  बाढिको पानी गाउँ घरमा समेत पस्छन र कसैको घर भत्किनछ्न ,कसैको गाई बस्तु बगाउछन , कसै कसैको त परिबारको सद्स्य समेत बगाएको छन र कतिको ज्यान समेत गएको छन, कसैको अन्न बाली नष्ट हुन्छ त ठुलो जनधनको क्षति हुन्छ, घरमा खोलाको पानी पसेकोले  सर्बसधारन जन्ताहरु घर छोडेर अन्य बास बस्न बाध्य हुन्छन् ।  खोलामा आएको बाढीले पहिले देखि अहिलेसम्म हजारौं बिगाहा उब्जनी जमिन कटान गरि सक्यो र यस्को रोकथाम को लागि ब्यबस्थित र भरपर्दो तरिकाले खोलामा दुबै छेउमा तटबन्ध नगरेको हुनाले अहिले पनि कैयौं बिघा जमिन कटान गरिरहेको नै छन  तर सरकारले बाढिपहिरोको रोकथाम गर्नु को साटो झन खोलाहरुमा संचालन भएको अबैध क्रेसर हरु लाई हटाउनु को साटो उनिहरु लाई झन संरक्षण गरिरहेको छन् जस्ले गर्दा खोला बाट ८/१० फिट गहिरो खाल्टो खुनेर दिनु हजारौं ट्रीफर हरु गिट्टी बालुवा ओसारपसार गरिरहेको छन् र खोलाहरु दिन प्रती दिन अझ गहिरो हुँदै गैइरहेको छ। यदि यो खोलाहरुमा भैइरहेको उत्खनन बेलैमा रोकेन भने यस्ले भबिस्यमा कस्तो समस्या सृजना गर्छ त्यो कसैले सोचेको पनि छैन होला त्यै भएर सरकार र सम्बन्धित निकायले अहिले नै यो समस्या प्रती गम्भीर भएर उचित कदम चाल्नु पर्छ जस्ले गर्दा भबिस्यमा कुनै किसिमको क्षति नहौस।त्यस्तै पहाडमा बर्षा याममा दिन्हु पानी पर्नाले त्यहाका बासिन्दाहरु लाई पनि एक्दम ठूलो समस्या झेल्नुपरेको छन । प्राय पहाडमा भिरहरुमा घर भएको हुनाले पहिरो ले गर्दा घर बगाएर लाने अनि, खासै बाटो घाटो राम्रो र ब्यबस्थित नभएको ले बाहिर भाग्नु नसकेर कतिले आफ्नो ज्यान पनि गुमाएका छन ।

नेपाल एउटा् कृषिप्रधान देश हो तर कृषि क्षेत्रमा कुनै किसिमको त्यस्तो राम्रो प्रबिधिको बिकास गरेको छैन जस्ले गर्दै किसान लाई  बाली नाली लगाउन र उब्जनी बढाउन मदत गरौस। हाम्रो देश नेपाल कृषिमा आधारित देश हो यदि कृषिमा उत्पादन क्षमता वृद्धि भएन भने देश अझै गरिबीको रेखामुनि जान्छन् र जन्तालाई भोकमरी को समस्या आईपर्छ। हुन त नेपालमा पानीको स्रोत प्रशस्त भए पनि खेतिपाती गर्ने किसानले खेतीयोग्य जमिनको लागि अझै अनि पानी सहज रुपमा पाईरहेको छैन जस्ले गर्दा सिचाइ गर्न निकै कठिनाइ भैइरहेको छन। किसानले दिन रात एक गरेर मेहनत गर्छन् र बालीनाली समयमै लगाउछन्  तर बालीनाली लाई हुर्कने बेलामा चाहिने पानी उपलब्ध नहुनाले अन्न फल्दैन र  उत्पादनमा ह्रास आउँछ ।  तराईको दक्षिणी भेगमा पानी को हल्का सुबिधा भएको ले उता तिर त ठिकै छ तर उत्तरी भेगमा र देशको अन्य ठाउँमा सिचाइका साधन हरु नभएको र कुनै कुनै ठाँउमा भएपनि  न्युनतम मात्रामा रहेकोले आकाशे पानीको भरमा किसान खेती गर्न बाध्य छन । बालिनाली लाई आवश्यक परेको समयमा आकशे पानी परिदियो भने त किसान को मेहनत खैर जादैन ता प्राय समयमा पानी पनि नपर्नु , त सिचाइ पनि हुन नसक्ने , बेलामा बिउबिजन नपाउनु पाएपनी महङ्गो दरमा किन्नु पर्ने, बाली नालिको लागि चाहिने कम्पोस्ट मलखाद्य उपलब्ध नहुनु र पाएपनी अति महँगो मुल्यमा किन्नु बाध्यता भएकोले किसान ठुलो मार्कामा छन् र दिन प्रतीदिन अन्नबालीको उब्जनिको मात्रा कम हुँदै गइरहेको छ जस्ले गर्दा खाद्यान्न बस्तुको मुल्य दिन प्रति दिन वृद्धि भएर महँगिले गर्दा देशको अवस्था नाजुक भैसकेको छ । अर्को तिर किसानलाई के समस्या छ भने जुन बस्तु उब्जाउछन जस्तै तरकारीमा काउली , बैगन  सिमि पर्वल र अन्य धेरै किसिमको तरकारीहरु त्यस्तै हरिया सागपात, गेडागुडी आदि बेच्न जादा बजारको उचित ब्यबस्थापन र यातायात को सुबिधा नभएर कम मुल्यमा बेच्नु पर्छ र उब्जाउनुमा लागेको लागत पनि निकाल्न किसान लाई धौधौ हुन्छ। कहिले काहीँ बन्दहडताल  ले गर्दा बजार बन्द हुनाले किसान को कच्चा बस्तु हरु उपयुुक्त स्थान सम्म नपुग्नाले पनि किसानलाई ठुलो रूपमा घाटा हुन्छ। सरकारले अब पनि कृषि क्षेत्रमा लगानी गरेन भने र किसान लाई चाहिने आवश्यक बस्तुहरु बीउबिजन , खाद्य पानी ,मल किट्नासक औसधि  इत्यादि बस्तुहरु सुपत मुल्यमा र समयमै उपलब्ध भएन भने किसानले अनाजहरु अनि हामिलाई चाहिने दैनिक समान हरु उत्पादन गर्नसक्दैन र भबिस्यमा देशमा महँगिको महामारी फ़ैलिने सम्भावना बढेर जान्छ। त्ये भएर सरकारले यो समस्या लाई गम्भीरता पुर्बक अति सिघ्र  कृषिकको हितमा र कृषि क्षेत्रमा आवस्यक कामकाज थाल्नु पर्छ।

हाम्रो देश नेपाल  प्राकृतिक सम्पदाको धनी  देश हो तर प्राकृति बस्तु लाई कुनै संरक्षण भैइरहेको छैन । हाम्रो देशका नेता, मन्त्री ज्युहरूले ठुलो ठुलो भाषन दिएर भन्नू हुन्छ कि म नेपाल लाई सिङ्गापुर बनाउछु त कसैले भन्छ म थाईल्यान्ड , जर्मन , युरोप जस्तो बनाउछु  तर हाम्रो नेता-मन्त्रीहरुले त्यो देशको बारेमा राम्रो सङ्ग अध्यन गर्नु भएको छैन ती बिक्सित देशहरूमा स्वछ बाताबरणको निमित्त प्राकृतिक सम्पदा र स्रोतहरु, बन जङ्गल लाई संरक्षण गर्छन्  तर यहाँ हाम्रो नेपालमा दिनका दिन बन जङ्गल फडानी गर्दै छन , माटो कटान गर्दै छ्न, चुरे दोहन भैइरहेको छ तर न त  सरकारको न त सम्बन्धित निकायको ध्यान गैइरहेको छ यस्ता यस्ता विषयमा।ब सयौ जातजाति को चराचुरुङ्गी हरु थियो, सयौं किसिमको बनस्पति बोटबिरुवा ,जडिबुटीको रुख हरु थियो अनेक प्रकारका जनावर हरु थियोे तर यिनिहरुको समयमा संरक्षण नभएर धेरै लोप भैसक्यो र अझै लोप हुदैछ। त्यस्तै मठ , मन्दिर , धार्मिक स्थल, पर्यटक स्थलहरु र पर्यटन क्षेत्रहरूमा बिकास भैइरहेको छैन । आफू लाई ठुला बडा भनाउदा हरु , देशको नेता,मन्त्री हरु  देखि लिएर कर्मचारी हरु समेत यी प्राकृतिक सम्पदाहरु लाई संरक्षण र बिकास गर्नुको साटो राजनीति  अखाडा बनाएका छन् । हाम्रो देशको बाटोघाटो,सडक को कुरा गर्नुपर्दा अतिनै मुटु दुख्छ किनकी त्यस्तो कुनै दिन छैन कि सवारी दुर्घटना हुदैन र मान्छे को ज्यान जादैन त्यस्को प्रमुख कारण नै बाटोघाटो ब्यबस्थित र सुरक्षीत नभएर हो । साङ्गुरो बाटो मा यातायात को चाप बढी हुनु र  कतिपय ठाउँमा अग्लो अग्लो पहाड छेउमा बाटो भएकोले बाढीपहिरोबाट सडक बिग्रेकाले पनि धेरै दुर्घटना भैइरहेको छ जस्ले गर्दा बर्सेनि हजारौं मानिसको ज्यान जाने गरेको छ।  अहिले पनि राज्यको धेरै ठाउँमा बाटो घाटो को राम्रो सुबिधा छैन,  कतिपय ठाँउमा त सडक ग्राभेल पनि भएको छैन जस्ले गर्दा बर्षा याममा मानिस लाई घर बाट बाहिर जान नि एकदम समस्या झेल्नुपरेको छ त कतै  ग्राभेल भएपनि दुबै छेउ नालाको ब्यबस्था नहुनाले त्यो सडक त्यति भरपर्दो छैन। लाखौं लाख बजेट हरेक बर्ष आउँछ बाटोघाटो, सडक र नाला बनाउनका लागि तर ठेक्दार हरुले राजनीतिक शक्ति को दुरुपयोग गरि यस्तो सडक बनाउछन कि आज कालोपत्र  गर्छ र भोलिपल्ट त्यो कालोपत्रे उक्किनु थाल्छ तर न त सडक बिभागले यस्को जिम्मेवार हुन्छ न त सरकारले जस्ले गर्दा ठेक्दार हरु लाखौंको काम गर्छन् र करोडौं स्वाहा पार्छन् ।

यो सब समस्याको समाधान नभई रहेको हुनाले देश अन्धकार तिर गैइरहेको मलाई अनुभुती भैईरहेको छ। यदि देशहित सोच्ने , राष्ट्रप्रेमी र राष्ट्रियता भावना भएको , नया सोच र  नया जोश भएको ब्यक्तिको हाथमा  देशको सत्ता र बागडोर जादैन तब सम्म देशको बिकास हुदैन र देश समृद्धि को दिशामा जादैन।  यो तब सम्भब जब हरेक क्षेत्रमा शिक्षित ब्यक्ति र  युवा पुस्ताको सहभागीता र पहुँच हुन्छ तर हाम्रो देशको भनौ या हामि नेपाली जन्ताको बाध्यता हेर्नुस घरमा नातिनातिना लाई खेलाउने उमेर का, अनपढ, मुर्खहरु ब्यक्ति हरु नेता , मन्त्री भएर देश चलाई रहेका छन र लाखौं लाख शिक्षित युवायुवती हरु आफ्नो देशमा जागीर नपाएर,  रोजगारि नभएकोले घरपरिवार छोडेर , आफ्ना आमाबाबु को , बालबच्चा को गाउँ समाजको माया ममता त्यागेर बिरानोको ठाउँमा, अरुको संस्कृतिमा ,  अरुको रितिरिबाज मा घुलमिल गरेर प्रदेशको भुमिमा १२ घन्टा काम गरेर पसिना बगाई रहेको छन  त्यो पनि आफ्नो घरपरिवारको जिबिको पार्जनको लागि र यिनै लाखौं लाख युवायुवती हरुले तिरेको रेमिटेन्स बाट  हाम्रो देशको अर्थ ब्यबस्थमा पनि  टेबा पुर्याई रहेको छन। तर अहिले पनि प्रदेशमा हजारौं हाम्रा नेपाली दाजुभाइ,दिदिबहिनी हरु अझै समस्या झेलिरहेका छन। कसैको राम्रो  कम्पनी कम्पनी छ भने पैसा राम्रो छैन त कसैलाई कम्पनीले काम दिराखेको छैन  कतिपय लाई बेला मै तलब दिरहेको छैन त बिरामी हुदा कम्पनीले हेरचाह गरिरहेको छैन यदि कोइ सिकिस्त बिरामी भए पनि कम्पनी ले नेपाल फर्काउनु मान्दैन र यस्तो धेरै दु:खद समस्या हरु छन तर हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी हरु सम्बन्धित निकाय वा राजदुतावासमा सहयोगको लागि अपिल गरे पनि वास्ता नगर्ने झन उल्टै डर त्रास देखाउने गरेका छन त्यै भएर पनि हजारौं नेपालि बिदेशी भुमिमा अलपत्र परेका छन तर यसको बिषयमा सरकारले वास्ता गरिरहेको छैन । कतिपय नेपाली कामदारको काम गर्दागर्दै ज्यान जान्छ त कतिको बाहिर कतै जाँदै गर्दा बिच बाटोमै दिन दहाडै हत्या गरिदिन्छ दु:खद को कुरा के छ भने मृतक को परिवार लाई पैसा पाउने कुरा छोडी दिनुस उक्त “लास” लाई  नेपाल पठाउन महिनो दिन लगाई दिन्छ । कस्तो बिडम्बना छ सरकारको यिनै नेपाली युवायुवती ले तिरेको रेमिटेन्स बाट देशको मन्त्री देखि लिएर कर्मचारी सम्म ठुलो ठुलो गाडी चढ्छन् तलब भत्ता लिन्छन् तर न त नेपाली कामदारको लागि कुनै सुरक्षा छ न त कुनै  ठोस नियम कानुन जस्ले गर्दा बर्षौ देखि अहिले सम्म पनि बिदेशमा  अनेक समस्या हरु भोग्दै आईरहेको छन् ।

हाम्रो देशमा कुनै आपत बिपत पर्दा, कुनै समाजिक काम गर्दा, बाढी पहिरो पीडित को सहयोग,कुनै हैजा महामारी पीडित, कतै बस्ती बसाउनु पर्यो भने प्राबासी नेपाली को सहयोग चाहिने , कसैलाई मृत्युुदन्ड बात बचाउनु लाई प्रबासी नेपाली को सहयोग चाहिने ,वा अन्य काम को लागि पनि प्रदेशमै बसेको नेपाली दाजुभाइ दिदिबहिनी हरुले नै सहयोग गर्छन्। म सिताराम कट्टेल र कुन्जना घिमिरे ज्युले “धुर्मस-सुनतली” फाउन्डेसन मार्फत गरेका कामहरुको सम्मान गर्छौ , उहाँको बिचारहरु को कदर पनि गर्छु र उहाको म फ्यान पनि छु , उहाले पनि जति समाजिक कामहरु गर्नु भएको छ त्यो सबै  बिदेशमा भएका संघ संस्था हरुबाट या खाडी मुलुकका देशहरू, मलेशिया, जापान ,अमेरिका आदि  देशमा बस्ने नेपाली दाजुभाइ दिदिबहिनी हरुले गरेको सहयोग बाट भएको छन। तर उहाले पनि आज सम्म बिदेशमा बसेको नेपाली काम्दार हरुले भोगिरहेको दुख, पीडा उनीहरुको सुरक्षाको निमित्त कुनै आवाज उठाउनु भएन र सरकार लाई यो समस्याको ध्यानाकर्षण गराउनु भएन। अब फेरि सरकार ले गर्ने काम उहाहरु ले गर्दै हुनुहुन्छ रंगशाला को निर्माण काम जसमा अस्ति भरखरै मलेशिया बाट पनि ३५ लाख सहयोग प्राप्त भयो उहाँहरु लाई  देशमा कुनै चिजको निर्माण गर्नु राम्रो कुरा हो तर  त्यो भन्दा नि जरुरी अर्को चिज हुन्छ भने त्यो काम पहिलो सुरुवात गर्नु पर्छ।  अहिले पनि पहाडमा धेरै ठाँउमा स्कुलको सुबिधा छैन जस कारण त्यहाँका बच्चाहरु अशिक्षित छन् , धेरै ठाउँमा अस्पताल छैन जस्ले गर्दा त्यहाका गरिब जन्ताहरु उपचार गर्नु पाईरहेको छैन र तराईमा हरेक बर्ष किसानहरुको उब्जनी जमिन खोलाको बाढिले  हजारौं बिघा कटान गरिरहेको छन मेरो अनुरोध छ उहाहरु सङ्ग रंगशाला भन्दा पहिले अस्पताल , स्कुल बनाउनुस , खोलामा तटबन्ध गर्नुस जस्ले गर्दा आम जन्ता र किसान लाई फाईदा हुन्छ किनकि त्येही किसानको छोराछोरी बिदेशमा आफ्नो पसिना बगाएर कमाएको पैसा तपाई लाई सहयोग गरिरहेका छन। किनभने यो देशमा एउटा रंगशाला भन्दा ती जुम्ला,हुम्ला र  कालिकोटबस्ने दाजुभाइमा एउटा सिटामोलको खाँचो  छ त्यसैले नेपाल समृद्ध हुनुमा रंगशालाले कुनै पनि काम गरदैन  यदि नेपालमा साधारन औसधिको अभाव छ भने ।

आफ्नो देशको जन्ता माथी यो सरकारले अन्याय गर्छ नै तर अब त अझै अति नै गर्यो यो बर्तमान संघीय सरकारले बिदेशबाट आउने नेपालीको लागि कुनै समान लान नपाउनु रे कस्तो यो घिन लाग्दो नियम तिनै नेपाली दाजुभाइ ,दिदिबहिनीहरु ले बिदेशमा पसिना बगाएको पैसाले कर तिर्दा सरकार चलाउन मिल्ने तर यिनै हरु आफ्नो घरायसी र आफ्नो ब्यक्तिगत उपभोग्य समान पनि बिदेश बाट लान न मिल्ने वाह रे नियम कानुन । यदि यस्तै कडा नियम कानुन हरेक क्षेत्रमा किन लगाउदैन सरकारले ? जन्ताले चै आफ्नो हितमा नि गर्नु नमिल्ने तर मन्त्रीहरूले किलो को किलो सुन एअरपोर्टमा छिराउनु मिल्ने , अबैध काम गर्न मिल्ने हैन अचम्म लाग्छ हाम्रो देशमा भैइरहेको गतिविधि देखेर आखिर कहिले सुधार हुन्छ यस्ता कानुनी  बिकृती हरु कसरी र कहिले देश समृधिको बाटोमा हिड्ला , कसरी देश को मुहार फेर्छ।

लोकतन्त्र आयो भन्छ तर जन्ताले आफ्नो बिचार पनि राख्नु पाउदैन यो कस्तो खालको लोकतन्त्र हो । कलाकार देशको गहना हो भन्छ तर तिनै कलाकार हरुको काम को कदर भैरहेको छैन यहाँ उनीहरुले काम गर्ने अवस्था राम्रो छैन अर्को दुख लाग्दो कुरा के हो भने यदि कुनै ख्याती प्राप्त र देशमा प्रसिद्ध गायकले देशको बर्तमान अवस्थालाई चित्रण गरेर गित गाउछ्न सारा जनताले सुन्छन र मन पराउछन तर भने त्यो गित लाई सरकारले सुन्न सक्दैन,मन पराउदैन र अनेक थरीका कुराहरू बोल्छन् तर बिगतमा भृकुटी कागज कारखाना बन्द हुदा किन मौन रहनु भयो, त्यस्तै गरि बासबारीको जुत्ता उद्योग , हेटौंडाको कपडा उद्योग  , गोर्खाली टायर उधोग ,बुटवल धागो उद्योग ,लुम्बिनीको  चिनी उद्योग , जनकपुरको चुरोट कारखाना इत्यादि  बन्द हुदा किन मौन रहयो हाम्रो देशको नेताज्यु हरु , बिगत देखि अहिलेसम्म धेरै समस्याहरु , परिस्थिति , धेरै ठाउँहरु थियो जहाँ सरकारले र देशको नेताहरुले आम जन्ताको हितमा र देश बिकासको निमित्त बोल्नु जरुरी थियो तर बोलेनन् तर एउटा गित बन्दा  जबर्जस्ति युब्ट्युब बाट हटाउन लगाउछन गायक प्रती थरि थरीको कुरा बोल्छन्  यो कस्तो अन्याय हो येहि हो लोकतन्त्र यदि सरकार वा यी मन्त्रीहरूलाई एउटा देशहितको गित सुन्न सक्ने क्षमता छैन जव शब्दमा काँटछाट गर्न सक्नु हुन्छ भने  , प्रतिबन्ध लगाउन सक्नु हुन्छ भने  तपाईंको कानका गीतका शब्द स्विकार्ने क्षमता छैन तर सोच्नुस ति ११ वर्षिय अबोध बालिकाकाे शरिरले आगाे कसरी सहन सक्याे हाेला सरकार ? ति १३ वर्षिय निर्मलाकाे शरिरले कसरी आफ्नै शरिर चिथाेरिदा लछारिदा ठाउँ ठाउँमा काेतारिदा कसरी सहन सक्याे हाेला सरकार ? आमाकाे काँखकाे न्यानाेपन थाह नपाउदै ७ महिने बालिकाकाे शरिरले के निलडाम सहन सकेकाे थियाे हाेला र सरकार ?  यसरी जनता असुरक्षित जीवन जिउदैछन् भन्ने खवर तिम्रा कानले सुन्दैनन् कहिले ? जहाँ समृद्धि र सुशासनका कुरा हुदैछन् त्यहा सुरक्षा छ ? कृपया सकिन्छ भने शब्दमाथी कार्वाही गरिन्छ भने ति अपराधीमाथी पनि कारवाही हाेस जसले ७ महिने बालिका, ११ वर्षिय बालिका र १३ वर्षिय बालिकाहरु लाई पटक पटक बलत्कार गर्दै मारिरहेका छन् ।

पत्रकारलाई देशको चौथो अङ्ग मानिन्छ उस्को खासमा काम हो गाउँ, समाजका, मातृभुमी र आफ्नो राष्ट्रका समस्या हरुलाई  उजागर गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु र आफ्नो कामप्रति जिम्मेबार, बफादार भैइ उत्तरदायी बन्नु हरेक पत्रकारको दायित्व पनि हो । तर जब कुनै पत्रकारले देशको हितमा,  समाजको हितमा र उ बसेको ठाउँको वास्तविक बिषयबस्तु लाई केलाएर कुनै कुनै समाचार लेख्दा या सम्बन्धित निकाय सम्म कुरा पुर्याउदा पनि पत्रकार माथी विभिन्न किसिमको बाधा हरु गर्ने , गलत नजर ले हेर्ने पार्टीको हिसाब ले दोष लगाउने, राजनीतिक मुद्दा  बनाएर अमान्बिय व्यबहार गर्ने यति मात्रै हैन  रिपोर्टिङ गर्नु जादा राजनितीक पार्टीको को कुरा छोडनुस प्रहरीले पनि पत्रकार माथी दुव्र्यवहार गरिरहेको छन अहिले को अवस्थामा यस्ले के साबित हुन्छ भने देशको प्रमुख चौथो अङ्ग पत्रकार माथी यसरी दुव्र्यवहार हुन्छ भने आम सर्बसाधारन जन्ता सङ्ग यिनिहरु ले कस्तो व्यबहार गर्छ होला। देशको अवस्था झन दिन प्रती दिन हरेक दृष्टिकोण बाट बिग्रीदै गइरहेको छ तर सरकारलाई , सरोकारवालाई वा नेता,मन्त्रीहरूलाई  कुनै मतलब छैन र गैरजिम्मेवार बनेको छ जस्ले गर्दा आम जन्ताको जीवन कष्टकर बन्दै गइरहेको छ।

बिगत देखि बर्तमान सम्म ई सम्पुर्ण घटनाहरु केलाउदा मैले के अनुभव गरे भने देश यस्तो अवस्था पुग्नुको प्रमुख कारण एकाग्रता नभएर हो।  एक मन्त्री ले अर्को मन्त्रीलाई दोष  दिने, एक पार्टी ले अर्को पार्टीलाई दोष दिने, एक जनप्रतिनिधि ले अर्को जनप्रतिनिधी लाई दोष दिने , यति मात्रै यदि नगरपालिका प्रमुख  र वडा प्रमुखहरू फरक पार्टीको छ भने पनि ऊनी हरु एक अर्को लाई दोष दिने , स्थानीय सरकारले प्रदेश सरकार लाई , प्रदेश सरकारले केन्द्र सरकारलाई अनि केन्द्र सरकारले प्रदेश र स्थानीय लाई दोष लगाउने , बिकास निर्माणका काममा खुट्टा तानातान गर्ने तिर मात्र लागेको छन कसरी मिलेर काम गर्ने बारेमा कसैले बिचार बिमर्श गर्दैनन्। ३ टै तहका कर्मचारी देखि नेता मन्त्री सम्म मै हु ठुलो भन्छन्  तर बास्तबिकता के हो भने कुनै पनि पार्टी बाट निर्वाचित भएका जनप्रतिनिधि या मन्त्री त्यो पार्टीको जनताहरु को मात्रै हुदैन चुनाव जिति सकेपछि त्यो हरेक जन्ताको जनप्रतिनिधि हुन्छन् यो कुरा बुझ्नु जरुरी छ उहाँ हरुलाई। अझ पनि समय छ गरे पछि हुन्छ देश एउटा् सहि दिशामा जान्छ र देश समृध बन्छ जब  ३ टै तहका सरकारले एक अर्का सङ्ग सहकार्य गरेर  , सत्ता पक्ष र प्रतिपक्ष मिलेर र हरेक पार्टी एक आपस मा सम्झौता गरेर कुनै काम गर्यो भने देशको अवस्था अवस्य राम्रो हुन्छ । यो सम्पुर्ण कुराहरू तब सम्भब हुन्छ जब अहिलेको सरकारले ठुलो-ठुलो , हावा – हावा गफ दिन छोडेर  तिन टै तहको सरकार समस्या  हरु , देशमा भैइरहेको गतिविधि लाई बुझेर र आम जन्ताको दुख कष्ट भावना लाई समेटेर एउटा् ठोस मिसन लिएर काम गरे अवस्य देशमा शान्ति ,सुरक्षा,अमन-चयन कायम हुन्छ ।

सुरेन्द्र महतो

बर्दिबास न.पा.९पशुपतिनगर, महोत्तरी ( हाल मलेशिया )

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz