महाेत्तरीकाे गाैशाला नगरपालिका ७ जमुनियामा वडा कार्यालयकाे सहयोगमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न ।।

live@khabar

राजेश सिंह
महाेत्तरी/चैत १६ गते ।

महाेत्तरीकाे गाैशाला नगरपालिका ७ जमुनियामा वडा कार्यालयकाे सहयोगमा नि:शुल्क स्वास्थ शिविर सम्पन भएको छ । शनिबार गाैशाला नगरपालिका ७ जमुनिया स्थित राष्ट्रिय प्रजात माध्यमिक विधालयकाे प्रांगणमा नि:शुल्क स्वास्थ्य शिविरका साथै नि:शुल्क अाैषधी वितरण सम्पन्न भएकाे बेटर नेपाल हस्पिटलका संचालक दिलिप सिंहले जनाएका छन् ।

उक्त शिविरमा १६२ जना बिरामीले चेकजाँच गराएका थिए । शिविरमा बिरामीहरुलाई अाे.पि.डि. र ल्याब सेवाहरु नि: शुल्क दिएका थिए भने नि:शुल्क अाैषधी पनि वितरण गरेको सिंहले बताएका छन् । शिविरमा गाैशाला नगरपालिका वडा नं.७ का बिरामीहरुले चेकजाँ गराएका छन् । १६२ जना बिरामीहरु मध्ये महिलाहरुमा पाठेघरकाे समस्या र थाईराइड, जेष्ठ नागरिक हरुलाई हाडजोर्नी र मधुमेह राेगकाे समस्या र केही बिरामीहरुलाई छाला सम्बन्धि राेगहरु पनि देखा परेको डा. सिर्जना खाटीले जनाएका छन् । ब्लड सुगर चेक जाँच गर्नुका साथै TLC/DC/HB gm% , Urine R/E Serum Uric Acid, Cerum Creatinine, Cerum Calcium जाँच गर्नकाे लागि सेम्पल कलेक्सन गरेको हाे ।

शिविरमा जेनरल फिजिसियन विशेषज्ञ डा. हिरण सिंह र जेनरल फिजिसियन डा. सिर्जना खाटीले सेवा दिएका थिए भने बेटर नेपाल हस्पिटलकाे अायाेजनामा र गाैशाला नगरपालिका ७ का वडा कार्यालयकाे सहयोगमा भएको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz