मैथिली,भोजपुरी सान्स्कृतिक कार्यक्रम मलेशियामा हुने

live@khabar


आउदो जुन महिना को पहिलो हप्तामा ईन्डिया बाट भोजपुरी सुपर स्टार नायक ” दिनेश लाल यादब ( निरहुवा ) र नायिका  अम्रपाली दुबे मलेशियामा आउदै हुनुहुन्छ। हाल मलेशिया अस्थायी बसोबास गर्ने महोत्तरी जिल्लाको बर्दिबास न.पा -9 पशुपतिनगर बस्ने युबा कवि सुरेन्द्र महतो र महोत्तरी जिल्लाकै गौशाला न.पा रामनगरको जितेन्द्र सिंह को आयोजनामा दुई दिने “मैथिली,भोजपुरि सान्स्कृतिक ” कार्यक्रमको घोषणा गरिएको छ।

उक्त कार्यक्रम लाई भब्य-सभ्य बनाई सफलता पुर्बक , सहज र सुरक्षित तरिकाले सम्पन्न गर्नुको निमित्त आयोजक समिति पनि गठन गरेको छ जसमा आयोजक प्रमुख सुरेन्द्र महतो र जितेन्द्र कु. सिह गरि हाल मलेसिया  अस्थायी बसोबास गर्ने महोत्तरी कालिपुरको लक्ष्मी महतो र रामहित यादब त्यस्तै महोत्तरी गौसला न.पा. रामनगर बासि किशुन महतो त्यसै गरि सुनसरी , देबानगन्ज गाउँ पालिका 2 को दिपेन्द्र मेहता र सप्तरी,कंचनपुर 4 कोअजित कामैत र जनकपुर उ.म.न पालिका 2 को सुरेन्द्र मण्डल गरि जम्मा 8 जना समिति रहेको छ।

यहि 2019 जुन 5 तारिक बुधबारको दिन प्रथम कार्यक्रम बातु पहातको S. Y रेस्टुरेन्ट मा  र जुन 6 तारिक बिहिवारको दिन दोस्रो कार्यक्रम  जोहोरबारु जेबि को न्युयोर्क होटेलमा हुने कुरा आयोजक प्रमुख महतो ले जानकारी दिएका छन ।

यस ” मैथिली,भोजपुरी सांस्कृतिक कार्यक्रम ” मा मैथिली र भोजपुरी रितिरिबाज ,संस्कृति लाई उजागर गर्नुको निमित्त उक्त भाषाको गित संगीत , हास्य व्यंग्य , कमेडी ,नृत्य र विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रम हुनेछ र यस सान्स्कृतिक कार्यक्रममा भोजपुरी नायिक दिनेश लाल यादब (निरहुवा),नायिका अम्रपाली दुबे र नेपालका पनि थुप्रै कलाकारहरु  आउने भएको छन् जस मध्ये जनकपुरको “अप्पन टिभी ” बाट संचालित हास्य कार्यक्रम “रोचक घोचक” का प्रदिप सिंह , कृष्णा कुमार सिंह , रोहित साह र उक्त रोचक घोचक टेलि सिरियल का नायिका सुनिता पासबान त्यस्तै गरि नेपालि , भोजपुरीका  गायिका सेलिना कुँवर र संगीतकार तथा गायक  र यस कार्यक्रमका प्रेजेन्टर एस राज प्रोडक्सन को प्रमुख सन्तोष राज साथै जनकपुरका म्युजिकल ग्रुपको बिरेन्द्र झा,रुपेश झा र शम्भु कर्ण पनि आउने कुरा उक्त कार्यक्रमका आयोजक सुरेन्द्र महतो ले जानकारी दिनु भएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz