प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकामा हुन्न: गृह मन्त्रालय

live@khabar

प्रदेश नम्बर ३ सरकारले सहिद दिवसका अवसरमा भोलि (बुधबार) सार्वजानिक बिदा दिने निर्णय गरेको छ। माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रदेशले दिएको बिदा केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा लागू हुने/नहुनेमा अन्यौल देखिएको छ। प्रदेश ३ का आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेलले प्रदेशले दिएको बिदा प्रदेशभर लागू हुने बताए।

‘प्रदेशले सार्वजानिक बिदा दिएको हो, प्रदेशभर लागू हुन्छ,’ मन्त्री जमरकट्टेलले भने, ‘बिदाको निर्णय हामीले गृह मन्त्रालयमा बोधार्थसमेत दिएका छौं।’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेशले दिएको बिदा केन्द्रमा लागू नहुने बताए।

काठमाडौं उपत्यकाबाहेक प्रदेशका अरू जिल्लामा बिदा होला, प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकाका तीन जिल्लामा भने लागू हुन्न।

यसअघि अरू प्रदेशले बिदा दिँदा पनि केन्द्र मातहत रहेका सरकारी कार्यालय खुलेका थिएनन्। विश्वविद्यालय, बैंकहरू केन्द्रमातहत रहेकोले बिदा नहुने उनले बताए।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz