राष्ट्रपतिको सुबिधा बेचेर राज्यकोषमा जम्मा गर्ने यी राष्ट्रपति !

live@khabar


क्रोएसिया कि राष्ट्रपति कोलिन्दा ग्रावरले देशको उन्नतिको लागि राष्ट्रपति भए पछि राष्ट्रपतिले चड्ने विमान बिक्रि गरेर अाएको रकम राष्ट्रको कोषमा जम्मा गरिन ।

३५ वटा मंहगा मर्सिडिज गाडिहरु जो त्यहाका मन्त्रीहरुले चड्ने गर्दथे ती सबै बेचेर अाएको रकम पनि राजकोषमा जम्मा गराइन । अाफु बिदेश जानु पर्दा एउटा सामान्य नागरिक जस्तै भाडाका प्लेनको पनि ईकोनोमिक क्लासको टिकट लिएर समान्य मानिस सरह यात्रा गर्दछिन ।

देश लाई बिकासको मार्गमा लान भन्दै उनले अाफ्नो र त्यहाका मन्त्रीहरुको तलवमा ५०% (अाधा) कटौती गरिन भने क्रोएसियाका विश्वभर छरिएर रहेका दुतावास हरुको खर्चमा ६०% कटौति गरिन ।

अब एक पटक हामी हाम्रो देश लाई हेरौं यता हाम्रो देशका नेता सामान्य उपचारको लागि देशको करोडौ ढुकुटी रित्याएर बिदेश जान्छन् । जनतालाई करको भार थुपारेर महंगा गाडी चठ्छन।

कार्यकर्तालाई जथाभावि राज्यको ढुकुटी बाडछन। सेवा र सुबिधा सम्पन्न देशको भन्दा बढि लिन्छन, भ्रष्टाचारमा लिप्त हुन्छन । तर पनि हामी यिनैका गलत कुराको दास झै भएर समर्थन गछौॅ । नेताको र हाम्रो बुद्धि कहिले पलाउला खै।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz