सर्लाहीमा हात्तीले थप घरहरु भत्कायो ।।

live@khabar

सर्लाही/पुस २६ गते ।

सर्लाहीकाे ईश्वरपुर नगरपालिका ४ सागरनाथमा घरहरु भत्काएको छ । बुधबार मध्य रातमा सागरनाथ स्थित उप्रेती टाेलमा रहेको थप तीन वटा घर भत्काएको हाे । करिब एक महिनाभन्दा बढीदेखि आतङ्क मच्चाइरहेको जङ्गली हात्तीले आज फेरि थप तीन वटा घर भत्काएको छ ।

हात्तीले बुधबार मध्य रातमा सागरनाथस्थित उप्रेती टोलका सुशील खरेल, कृष्णप्यारा खरेल र दिवाना लामाको घर भत्काएको वडाध्यक्ष टंकबहादुर रुम्बा लामाले बताएका छन् । हात्तीले मंगलबार राती पनि सो क्षेत्रमा दुई वटा घर भत्काएको वडा अध्यक्ष लामाले बताएका छन् । दिनभरि जङ्गलमा बस्ने पनि हात्ती रात पर्ने बित्तिकै गाउँमा पसेर आतङ्क मच्चाउँदा गाउँहरु त्रसित भएका स्थानीयले गुनासो गरेका छन । हात्तीले हालसम्म जिल्लाको ईश्वरपुर र लालबन्दी नगरपालिकामा दर्जनौं घर भत्काउनुका साथै महाेत्तरीकाे गाैशाला नगरपालिकामा समेत घरहरू भत्काएको र घरभित्र राखिएको अन्न र खेतबारीमा लगाएको बालीनाली नष्ट गरिरहेको छ ।

हात्ती पीडित परिवारले अझै राहत पाउन सकेका छैनन् । डिभिजन वन कार्यालय सर्लाहीले भने पीडितलाई राहत दिलाउन नगरपालिकामार्फत क्षतिको विवरण सङ्कलन भैरहेको जनाएको छ । सरकारी निकायबाट हात्ती नियन्त्रणका लागि ठाेस पहल नहुँदा गाउँलेहरु मिलेर भाँडा, टिन बजाउने, आगोको राँको बाल्ने, पट्का पडकाउने जस्ता काम गरेर हात्तीलाई जङ्गलतर्फ नै धपाउने गरेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz