सर्लाही, बरहथवा : नेपाली सेनाद्धारा तीन सय बढीको निःशुल्क उपचार

live@khabar

सर्लाही, पुस १४ गते । नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–६ मुसेली टोलमा सुक्रवार दिनभर सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय ११ जना लाभान्वित भएका छन् ।

नवलपुरस्थित रणशेर गण पाँचकुमारी ब्यारेकले आयोजना गरेको निःशुल्क शिविरमा बालबालिका, बृद्धबृद्धासहित तीन सय ११ जनाको औषधोपचार गरिएको गणपति मीनराज तिवारीले जानकारी दिनुभयो । बरहथवा नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र ब्रह्मभूमी हेल्थ रिसर्च सेन्टर मलङ्गवाको सहयोगमा सेनाले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोेजना गरेको हो ।

यस्तै सर्लाहीको हरिवनमा तीन सय जना मोतिया विन्दुका विरामी फेला परेका छन् । स्वस्थ आँखा स्वस्थ नागरीक भन्ने नाराका साथ हरिवन नगरपालिका र सुखेपोखरी आँखा उपचार केन्द्र पोलिक्लिनिकको संयुक्त आयोजनामा मंसिर २६ गते देखि पुस १३ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरका क्रममा विभिन्न उमेर समूहका तीन सय जना मोतिया विन्दुका विरामी फेला परेका हुन् । शिविरका क्रममा नगरपालिकाका ११ वटैै वडाका गरी एक हजार तीन सय ९० जनाले आँखाको जाँच गराएका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो ।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–१० शङ्करपुरमा सुक्रवार आयोजित शिविरमा ९३ जनाले रक्तदान गरेका छन् । सोल्टी युवा क्लबको आयोजनामा रक्तदान शिविर सम्पन्न भएको

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz