पसु सेवा कार्यालय लालबन्दीको हरि बिजोक !!

live@khabar

पौष ८, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालीकाका पशु बिकास अधिकृत गंगा राम शाहले लालबन्दी नगरपालीकामा बसेर काम काम गर्ने वातावरण नभएको गुनासो गर्नुभएको छ । उहाँले आफुलाई नगरपालीकाको पशु सेवा शाखामा बसेर काम गर्न सारै अप्ठ्यारो भएको बताउनुभएको हो ।

अधिकृत शाहका अनुसार नगरसभाबाट पारित बजेट अनुसारको कार्यक्रम गर्न पनी योजनाको भर पर्नु पर्ने, नगरप्रमुख तथा लेखाबाट स्विकृत भईसक्दा पनी स्टोरले काम नगरिदिने लगाएतका समस्या रहेका छन । अहिले आफ्नो काम पशु सुत्केरि भत्ता बितरणको मात्रै भएको र त्यो पनी समयमा हुन नसक्ने उहाँको भनाईं छ ।

पशु सुत्केरि भएकै समयमा आहारका लागी किसानलाई सुत्केरि भत्ता दिनुपर्नेमा ४/५ महिनामा पनी भत्ता बितरण नहुने उहाँले बताउनुभयो । ‘किसानले ल्याउने गोबर पक्षिणका लागी कुनै पनी उपकरण छैन’; उहाँले भन्नुभयो “हामिले काम नलाग्ने माईक्रोस्कोपबाट हेरेजस्तो गरि अन्दाजको भरमा औषधि लेखिदिने गरेका छौँ ।”

किसानलाई बेवकुफ बनाई हामिले आफैलाई धोका दिईरहेको भन्दै अधिकृत शाहले सेवा केन्द्रमा औषधि समेत नरहेको गुनासो गर्नुभयो । आर्थिक बर्ष २०७५/७६ का लागी नगरसभाबाट आकर्षक योजना सहितको ११ लाख १२ हजार बजेट बिनियोजन गरिए पनी हालसम्म पशुसेवा को क्षेत्रमा सुत्केरि भत्ता बितरण बाहेकको कुनै पनी काम गर्न नसकिएको र गर्ने वातावरण नभएको अधिकृत शाहको भनाईं छ ।

किशानले पशु सुत्केरि भत्ता वापत १२ सय रुपैँया पाउँदै आएका छन । ५ जना कर्मचारि रहेको पशु सेवा केन्द्रमा स्थानिय सरकार बनेको यत्तिका समय भईसक्दा समेत कार्यालय अगाडिको बोर्ड समेत फेरिएको छैन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz