राजधानीमा रहेका यी सरकारी अस्पताल जहाँ हुने यी विशेष उपचार अरू कुनै अस्पतालमा हुँदैन

live@khabar

काठमाण्डौ : मुलुकमा पछिल्लो समय निजीस्तरमा दर्जनौँ अस्पताल र मेडिकल कलेज खुलेका छन् । तर, त्यही अनुपातमा सरकारी अस्पताल भने खुलेका छैनन्।

मुलुकको केन्द्रीय राजधानी काठमाडौंमा रहेका आधा दर्जन सरकारी र अर्धसरकारी अस्पतालले विभिन्न जिल्लाबाट आउने विपन्न वर्गका बिरामीको चाप धानिरहेको छ। त्यस्ता अस्पतालमा वीर, त्रिवि शिक्षण, सिभिल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, परोपकार प्रसूतिगृह, कान्ति बाल र पाटन अस्पताल छन् ।

वीर अस्पताल

वीर अस्पतालमा पछिल्लो केही वर्षयता बिरामीको चाप बढेको छ। दैनिक दुई हजार पाँच सय बिरामीले सेवा लिँदै आएका छन् ।

शिक्षण अस्पताल

सात सय शय्या रहेको शिक्षण अस्पतालले सबै रोगको उपचार सेवा दिन्छ । त्यसैले बिरामीको चाप पनि बढी छ । प्रत्येक दिन २ हजार बिरामी सेवा लिन आउँछन् ।

सिभिल अस्पताल

सिभिल अस्पताल रक्तक्यान्सर रोगीको उपचारमा अत्यावश्यक बोनम्यारो ट्रान्सप्लान्ट सेवा दिने देशकै एक मात्र अस्पताल हो।

सिभिलले यो सेवा सुरु गर्नुअघि नेपाली बिरामी यसका लागि विदेशका अस्पताल गएर लाखौँ खर्चिन बाध्य थिए। सिभिलले अहिलेसम्म ३० बिरामीमा बोनम्यारो ट्रान्सप्लान्ट गरिसकेको छ।

पाटन अस्पताल

औसत करिब १३ सय बिरामीलाई सेवा दिने पाटनको वार्षिक बजेट झन्डै एक अर्ब छ।

यसबारे अर्जुन पौडेल र अर्जुन अधिकारीले अाजकाे नयाँ पत्रिका दैनिकमा विस्तृत समाचार लेखेका छन्।

यो बजेटअनुसार सेवासुविधाका कार्यक्रम बनाउने अस्पताल कहिल्यै घाटामा छैन।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz