रौतहटबाट मोटरसाइकल चोर पक्राउ

live@khabar

रौतहटबाट मोटरसाइकल सहित एक चोर पक्राउ परेका छन । प्रदिपावली छठ पर्व नजिकदै गर्दा चोर समुहले मोटरसाइकललाई नै टारगेट बनाएका छन।

अाज रौतहट जिल्लाको गौर भन्सारमा गौर नगरपालिका वडा नंबर ८ बस्ने श्रीकान्त यादवले BR 30 L 9249 नंबरको मोटरसाइकलको भन्सार कटाउने क्रममा भन्सार कार्यालयबाटै यादवको मोटरसाइकल चोरी भएको थियो ।

चोर समुहले डिउटीमा बसेका प्रहरीलाई ठाडो चुनैती दिदै कार्यालयबाट मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकल चोरी हुन साथ गौर भन्सारमा नेपाल प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको थियो। मोटरसाइकल चोरी भएको केही समय पछि गौर नगरपालिका वडा नंबर १ बस्ने २२ बर्षीय सिद्धान्त पासवानलाई मोटरसाइकल सहित पक्राउ गरेको गौर भन्सारका असई हिर्दयनरायण यादवले जनाएको छ।

चोरी भएको मोटरसाइकल र चोरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा पढाईएको असई यादवले जनाएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz